पाँचतारे होटलका कर्मचारी मासिक ५ हजार पाउने सहमत

तर, होटेल सञ्चालन भएको अवस्थामा भने चक्रीय प्रणालीमार्फत आवश्यकताका आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीलाई काममा लगाइनेछ । काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीले भने निजले खाइपाई आएको पुरै पारिश्रमिक पाउनेछन् । काममा नबोलाईएको अवस्थामा घरै बस्नु पर्ने भएमा भने होटेल संचालकले पछिल्लो सहमति अनुसारको रकम दिने भएका छन् ।

यसअघि ६ महिना अगाडी मजदुर र होटेल संचालकबीचको सहमतिको अवधि १ जनवरीबाटै सकिएको थियो । त्यसपछि विभिन्न चरणमा बसेका बैठकमा यस्तो सहमति जुटेको होटेल संघ नेपाल -हान)ले जनाएको छ ।

आगामी एक वर्षका लागि मान्य हुने गरी भएको यो सहमति पत्रमा संघका तर्फबाट अध्यक्ष सृजना राणाले हस्ताक्षर गरेकी छिन् । मजदुरको तर्फबाट नेपाल स्वतन्त्र होटेल मजदुर युनियनका  अध्यक्ष सूर्यबहादुर कुँवर, अखिल नेपाल होटेल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्काले हस्ताक्षर गरेका छन् ।

  • 22
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close