
प्रचण्ड खत्री / रुकुम पश्चिम।
नेपाल पत्रकार महासंघ रूकुम पश्चिमको छैठौं साधारण सभा जिल्ला समन्वयको हलमा सुरू गरिएको छ । प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले मैन बत्ति बालेर साधारण सभाको उद्घाटन गर्नुभयो ।
साधारण सभामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई, नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, महासचिव दिपेन्द्र शर्मा, नेपाल पत्रकार महासंघ रूकुमका संस्थापक अध्यक्ष नारायणकुमार शाह, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति मानवहादुर नेपाली लगायतको आतिथ्यता रहेको छ ।
महासंघका जिल्ला अध्यक्ष गणेश चिन्तनको अध्यक्षता र उपाध्यक्ष लक्ष्मण केसीको स्वागत मन्तव्यबाट सुरू भएको सभाको संचालन सचिव हरि गौतमले गरिरहनुभएको छ ।
प्रकाशित मिति: १५ माघ २०७७, बिहीबार १५:१५