विध्यालय व्यवस्थापन समितिको चुनावमा नेपाली काङ्ग्रेसलाई हराउदै प्रचण्ड नेपाल समुह बिजय

इन्द्र बुढाथोकी, सल्यान ।

बनगाड कुपिण्डे नगरपालिका वडा न १२ निगाल्चुलामा रहेको श्री सिद्देश्वरी माबी माछखर्क निगाल्चुलामा विध्यालय व्यवस्थापन समितिको चुनाव सम्पन्न भएको छ ।

जसको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल र नेपाली काङ्ग्रेस , पार्टीका उम्मेदवारीहरु विच चुनावी मैदानमा गएका थिए । जसमा जम्मा १९६ मत मध्य १७५ मत खसेको थियो । जस अनुसार नेकपाको प्रचण्ड नेपाल समुहका सम्पुर्ण प्यानल नै बिजय भएको छ । बिजय हुनेमा नेकपा प्रचण्ड नेपाल यामप्रकाश वली १०३, शुकलाल थापा १०३, गिता पुन १०२, पबित्रा थापा १०२, नेकपा प्रचण्ड नेपाल पक्षका उम्मेदवार विजय भएका छन ।

भने पराजित हुनेमा नेपाली काङ्ग्रेस उम्मेदवारहरु भुमलाल डाङ्गी ७२, चन्द्र बहादुर पुन ७२, बबिता परियार ७१, भिमकली बुढा ७१,मत प्राप्त गर्दै पराजित भएका छन भने जम्मा १ मत बदर भएको शिक्षा शाखा प्रमुख तथा निर्वाचन अधिकृत ध्रुर्बा थापाले जानकारी दिनु भएको छ । उक्त पराजित हुने टिमलाइ नेकपा ओलि समुहको समेत साथ रहेको त्यहाका स्थानीयले बताएका छन ।

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार २०:१८