डोल्पामा भारी हिमपात

डोल्पा ।

यो वर्ष डोल्पा जिल्लामा पहिलो पटक भारी हिमपात भएको छ । बिहीबार रातिबाट वर्षासँगै परेको हिउँले डोल्पाको अधिकांश भू-भाग ढाकेको छ। हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलो पटक ठूलो हिमपात भएको हो।

माघको तेस्रो सातामा मात्रै हिउँ पर्न थालेपछि निरासामा रहेका कृषक भने खुसी भएका छन्। पानी र हिउँ परेपछि केही राहात मिलेको कृषक राजकुमारी बुढाले बताइन्। उनले भनिन्,’ हिउँदे बाली गहुँ,उवा,चौँलगायतका बाली पूरै सुकेका थिए, अब यो हिमपातले थोरै भएपनि आशा पलाएको छ ।’

धूलो,हावा र रुघाखोकीले आक्रान्त भएका डोल्पाबासी हिमपातसँगै रमाएका छन्। हिउँदको समयमा हिउँ धेरै परेमा वैशाखदेखि बहुमुल्य जटिबुटी यार्सागुम्बा पनि प्रशस्त हुने स्थानीय प्रेमबहादुर लामाले बताए । लामाले भने,’ यता अन्नबाली लागउन पनि सजिलो। अब पाटनमा यार्सागुम्बा पनि हुन्छ। हिउँ नै कृषकका लागि मल हो जति धेरै हिउँ परे उति कृषकलाइ फाइदा हुन्छ । ‘

जिल्लाको करिब ९० प्रतिशत भू-भाग हिउँले ढाकेपनि समुन्द्र सतहबाट करिब २५ मिटर तलको भू-भागमा भने हिउँ जम्न सकेको छैन । सदरमुकाम दुनै,त्रिपूराकोट,त्रिबेणिलगायतका क्षेत्रमा भने हिउँ जम्न सकेको छैन।

प्रकाशित मिति: २३ माघ २०७७, शुक्रबार १३:४०