सल्यान कारगारका १ सय २२ कैदीबन्दीले लगाए कोभिड विरुद्धको खोप

मिना बुढाथाेकी ,सल्यान ।
जिल्ला कारागार सल्यानमा रहेका १ सय २२ जना कैदीबन्दीहरुले कोभिड विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा कर्याालय सल्यानसंगको सहकार्यमा कारागार भित्र रहेका कैदी बन्दीहलाइ शुक्रवार कोभिड विरुद्धको खोप लगाइएको कारगार सल्यानका प्रमुख जेलर बल बहादुर केसीले जानकारी दिनुभयो ।

कारगार भित्र रहेका १ सय ५४ जना मध्ये १ सय २२ जना कैदीबन्दीले कोरोना खोप लगाएका हुन् । जसमा १ सय ३ जना पुरुष र १९ महिला साथै दुइ जना कर्मचारीले पनि कोरोना खोप लगाएको कारागारले जनाएको छ ।

कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा विगत एक वर्षदेखी नियमित स्वास्थ्य जाँच समेत गराउन नपाएका कैदीबन्दीले अहिले कारगार भित्रै कोरोनाको खोप लगाउन पाउँदा खुशी भएका छन् ।

सामान्य बिरामी पर्दा समेत जिल्ला अस्पताल वा प्राइभेट मेडिकलमा उपचार गर्नु पर्ने बाध्यता रहेका बेला कारगार भित्रै कोभिड विरुद्धको खोप लगाउन पाउँदा सबै कैदी बन्दीहरु हर्षित भएको चौकीदार हरि अधिकारीले बताउनुभयो ।

हाल कारागारमा १ सय २२ जना पुरुष,२५ महिला र ७ नाबालक गरि जम्मा १ सय ५४ जना कैदीबन्दीहरु बस्दै आएका छन् ।

प्रकाशित मिति: २३ माघ २०७७, शुक्रबार १६:५४