छोरी बेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा शुरूभयाे तेस्रो राष्ट्रिय छाेरी सम्मेलन

कभरखबर डेस्क ।

वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी अर्थात् छाेरी सम्मेलन शुरू भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरी बेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौँडामा माघ २९ गतेसम्म तीन दिने तेस्रो राष्ट्रिय बेटी सम्मेलन शुरू भएकाे हो ।

समाजमा हुने महिला हिंसालगायत विभिन्न ‘कू’ प्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूलनाराका साथ सम्मेलन आयोजना गरिएको सम्मेलन मूल आयोजक कमिटीका संयोजक नजबुल खानले जानकारी दिनुभयो ।

सम्मेलनमा देशभरबाट १०० जनाको प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहनेछन् ।  सम्मेलनमा करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलवार १४:२०