
इन्द्र बुढाथोकी, सल्यान
चालु आर्थिक वर्ष ०७७/०७८ को छ महिनाको बिचमा सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे न्यायिक समितिमा ६१ मुद्दा परेका छन् । चालु आ.व.को साउन देखि पुस मसान्तसम्म ६१ मुद्दा न्यायिक समितिमा परेको नगरपालिकाले जनाएको छ ।
समितिमा परेका ६१ मुद्दा मध्ये ३३ मुद्दा मेलमिलापको माध्यमबाट फच्यौट गरिएको न्यायिक समिति संयोजक तथा उप प्रमुख मन्जु यरिले बताउनु भयो । जसमध्ये ३३ मेलमिलाप भएको ३ वटा अदालत प्रक्रिया जान सुझाव दिएको, १० वटा मेलमिलापमा छलफल गर्दा सहमति हुना नसकेको र १४ वटा मुद्दा प्रक्रियामा रहेको उनको भनाई छ । १४ वटा छिटै छलफल हुने बताएको छ । न्यायीक समिति हेर्न कर्मचारी कोरोना संक्रमित भएको कारण केही काम ढिलाइ भएको र अब यसलाई छिटै टुंगोमा पुर्याइने उहाले बताउनु भएको छ । पछिल्लो समय न्यायिक समितिमाथि नागरिकको विश्वास बढेको सयोजक यरिको भनाई छ ।
न्यायिक समितिले घरेका मुद्दाको फच्यौटले सेवाग्राही सन्तुष्ट हुन थालेपछि न्यायिक समितिमा मुद्दा आउने संख्यामा वृद्धि भएको समेत बताइन । मुद्दालाई राजनीतिक हिसाबले हेर्ने भन्दा पनि न्याय अन्यायलाई प्राथमिकता दिदाँ समितिमा मुद्दा आउने क्रम बढेको उनको भनाई छ ।
न्यायिक समितिमा बढी मात्रामा लिनुदिनुका, गाली बेइज्यती, खानेपानी, आलि धुर विवाद, सिमा विवाद, घरेलु हिंसा लगायतमा मुद्दा आउने गरेका छन् । लिनुदिनुका अलि बढी मुद्दा आउने गरेको आफ्नो आधिकार भित्र नभएको भए पनि केही छलफल मिलापत्र गरे पठाउने गरेको र छलफल बाट मिलापत्र हुन नसकेकोलाइ सम्झाइ बुझाइ गरेर पठाउने गरेको बताउनु भएको छ ।
न्यायिक समितिको क्षेत्राधिकार भित्र रहेका मुद्दालाई हेर्ने गरेको बताउँदै यरिले क्षेत्राधिकार बाहिर आएका मुद्दालाई सम्बन्धीत निकायमा जान सहजीकरण गर्दै आइरहेको बताइन ।
प्रकाशित मिति: २७ माघ २०७७, मंगलवार १८:२३