सोधपुछका लागि प्रहरीले बोलायो रामकुमारी झाँक्रीलाई
काठमाण्डाै ।
नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलाएको छ ।
![]()
प्रहरीले सोधपुछका लागि बोलाए पनि झाँक्रीले महानगरीय अपराध महाशाखा जान अस्वीकार गर्नु भएको छ । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाही गर्न माग गरेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो ।
हिजो काठमाण्डौमा भएको प्रचण्ड–नेपाल समूहको आमसभामा झाँक्रीले आफूविरुद्ध लगाइएको आरोपको विरोध गर्नुभएको थियो ।
प्रकाशित मिति:
२९ माघ २०७७, बिहीबार ११:४४