स्वास्थ्य जाँचका लागी पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्ली प्रस्थान

कभरखबर डेस्क ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिल्ली प्रस्थान गर्नु भएकाे हाे ।

पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य जाँचका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । उहाँ स्वास्थ्य जाँच गराएर सोमबार काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: ३० माघ २०७७, शुक्रबार १२:२५