संसद विघटनको विरोधमा कर्णालीका पत्रकारहरूले गरे सडकबाटै प्रदर्शन

कभरखबर डेस्क ।

संसद विघटनको विरोधमा कर्णालीका पत्रकारहरूले सडकबाट प्रदर्शन गरेका छन् । कर्णाली  प्रदेशमा पत्रकारिता क्षेत्रका ८ वटा पेसागत संगठनहरुले आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरेका हुन् ।

वीरेन्द्रनगरको मंगलगढी चाेकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै पिपलचौतारा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते गरेकोे संसद विगठन असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै संयुक्त विरोध र्‍याली निकालेर प्रर्दशन गरेकाे कर्णाली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले जानकारी दिनुभयाे ।

कोणसभालाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय नेता शिव लम्साल, प्रेस संगठनका केन्द्रीय नेताद्वय बलराम थापा र सइन्द्र राईले सम्बाेधन गर्नु भयाे ।

प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, नेपाल प्रेस, प्रेस सोसाइटी नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश, राष्ट्रिय दलित पत्रकार संघ र नेपाल आदिवासी पत्रकार महासंघले संयुक्तरुपमा विरोध प्रर्दशन गरेका हुन् । कार्यक्रमकाे संचालन प्रेस संगठनका केन्द्रीय सदस्य दिपक बुढाले गर्नु भएकाे थियाे ।

 

प्रकाशित मिति: २ फाल्गुन २०७७, आईतवार २१:२१