कभर खबर

  • ४ फाल्गुन २०७७, मंगलवार १८:३८

वन डढेलो नियन्त्रण सम्बधी अन्तरकृया कार्यक्रम सम्पन्न

करेश्मा गिरी/ सल्यान ।

वन डढेलो नियन्त्रण सम्बधी समन्वयात्मक बैठक आज सल्यान खलंगामा सम्पन्न भएको छ ।जिल्ला वन कार्यलय सल्यान र पहाडि साना किसान संस्था आशा सल्यानको संयुक्त आयोजनामा मंगलबार बैठक सम्पन्न भएको हो ।
खडेरीको समयममा हुने वन आगलागि बाट समुदायाइ कसरी सचेत बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरीएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी हेमराज तामाङले सल्यान डढेलोको उच्च जोखिममा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,जिल्लामा डढेलोको घटना अत्याधीक हुने गरेको छ,यसमा स्थानीय समुदायको भुमिका पनि महत्वपुर्ण हुने भएकोले डढेलो नियन्त्रणमा लिन सकेमा बिपत बाट बाच्न सकिने बताउनुभयो । उहाँले डढेलो नियन्त्रणबारे समुदायमा जनचेतना दिन अवश्यक रहेकोे बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापाले कहींकतै आगलागीको घटना भएमा स्थानीयले आफैले पनि नियन्त्रणमा लाग्नु पर्ने बताउनुभयो ।प्रहरीलाइ जानकारी गराएर चुप्प लागेर बस्नुभन्दा प्रहरी घटनास्थल पुग्दा सम्म स्थानीय आफै पनी आगलागी समयमा नै नियत्रण गर्न सकिने बताउनु भयो ।उहाँका अनुसार आगो लगाउने वा लगाउन उत्साहित गर्ने ब्यक्तीलाइ ३ बर्ष कैद र ६० हजार सम्म जरीवना वा दुबै सजाए हुने कनुनमा उल्लेख छ ।

जिल्ला वन कार्यलय सल्यानका प्रमुख रमेश कुमार गिरीले वन जंगल सम्पुर्ण समुदायको साझा सम्पती भएकोे बताउँदै वन जोगाउनु पनी स्थानीयको मुख्य भुमिका रहने बातउनुभयो । साझा सम्पती भएकोे साझा नियम बनाएर काम गरीरहेको र नियम बिपरीत गरेमा सजाएको भागीदार हुने ब्यवस्था रहेको समेत उहाँले जानकारी दिनुभयो ।
पहाडी तथा साना किसान संस्था आशा सल्यानका प्रकाश बास्कोटाले संचालन गरेको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ४ फाल्गुन २०७७, मंगलवार १८:३८