सल्यानमा पत्रकार तथा सञ्चारकर्मीहरुलाई सामाजिक स्वास्थ्य सुरक्षा  सम्बन्धी अभिमुखिकरण

सल्यान ।

स्वास्थ्य सेवा कार्यालय सल्याने जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुलाई सामाजिक स्वास्थ्य सुरक्षा  सम्बन्धी अभिमुखिकरण जनचेतना तालिम प्रदान गरेकाे छ ।


कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी थलराज डिसीले सरकारले आधारभुत सेवा भित्र ३१ वटा विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको बताउनुभयाे । नेपाल सरकारले अति विपन्न, गरिब, नागरिकहरुलाई लक्षित गरी विभिन्न ८ वटा रोगकालागि उपचारमा सहुलियत प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयाे ।

नेपालको संविधान, २०७२ अनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने राज्यको दायित्व भएको  उहाँले जानकारी दिनुभयाे ।

कार्यालयले मुटु रोग, मृगोला रोग, क्यान्सर, टाउकोमा लाग्ने चोट पटकको व्यवस्थापन, सिकल सेल एनिमिया, स्पाईनल कर्डइन्ज्युरी (ढाडको चोटपट),, पार्किसन्स रोग र अल्जाइमर रोगको सहुलियत रुपमा उपचार गर्दै आइरहेको छ ।

 साे अवसरमा विभिन्न आठ  रोगको उपचारका लागि रू १ लाख सम्म औषधि उपचार सहुलियत प्रदान गर्दै आइरहेको, १४ वर्ष मुनी र ७५ वर्ष माथिका मुटुरोगका विरामीहरुकोलागि तोकिएका अस्पतालहरूमा निःशुल्क उपचार र मृगौला रोगको उपचारका लागि, मृगौला प्रत्यारोपण गर्नु पर्नेभएमा रु ४ लाख रुपैया सम्म, डायलाइसिस सेवा निःशुल्क प्रत्यारोपण पश्चात औषधि सेवनका लागि र प्रयोगशाला परिक्षण शुल्क रु १ लाख ५० हजार सहुलियत प्रदान गर्दै आइरहेको बताइएकाे थियाे ।

कार्यक्रममा काेराेना फाेकल पर्सन रिखाराम पुनले  निजी अस्पताल रहेका पालिकहरुमा गरिब, असहाय, बेवारिशे र विपन्नको उपचारका  लागि अस्पतालले  १० प्रतिशत  रकम छुट्याउनु पर्ने प्रावधान रहेको र यसरी छुट्याइएको रकमवाट ति समुहका व्यक्तिहरूलाई उपचार सहयोग गरेको विवरण सम्वन्धित अस्पताले सहुलियत पाउने विरामीको फोटो सहित सार्वजनिक गर्नु पर्ने बताउनुभयाे ।

स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक प्रमुख दशरथ श्रेष्ठले काेराेनाकाे जाेखिम अझैपनि कायमै रहेकाले अग्रपन्गतीमा खटिनेहरूलाइ खाेप लगाउन अाग्रह गर्नुभयाे । पहिलाे चरणमा काेराेना विरूद्धकाे खाेप कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न् भइ सकेकाले दोस्रो चरणको खोप अन्तर्गत जनप्रतिनिधीहरु, कर्मचारी, यस अघि छुटेका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेवीकाहरु, नेपाल प्रहरी, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु, पत्रकार तथा संचारकर्मीहरु लगाएतकालाई खोप लगाएर सुरक्षित हुन उहाँकाे भनाइ थियाे ।

प्रकाशित मिति: ५ फाल्गुन २०७७, बुधबार १९:३७