सल्यानमा पत्रकार सहित एकै दिन ३ सय ७९ जनाले लगाए काेराेना विरूद्धकाे खाेप 

सल्यान ।

सल्यानमा एकै दिन ३ सय ७९ जनाले लगाए काेराेना विरूद्धकाे खाेप लगाएका छन् । जसअन्तरगत कपुरकाेट गाउँपालिकामा १ सय १५ जना,त्रिवेणी गाउँपालिकामा १ सय ४० जना,छत्रेश्वरी गाउँपालिकामा ९४ जनाले काेराेना विरूद्धकाे खाेप लगाएकाे स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनु भयाे ।

यस्तै स्वास्थ्य सेवा कार्यालय सल्यानमा ९ जना पत्रकार सहित ३० जनाले काेराेना विरूद्धकाे खाेप लगाएकाे उहाँले जानकारी दिनुभयाे । बुधवारसम्म दाेस्राे चरणकाे खाेप अन्तरगत ४ सय १५ जनाले खाेप लगाइ सकेकाे कार्यालयले जनाएकाे छ ।

यस्तै पहिलो र दोस्रो चरणमा गरी हालसम्म १ हजार ४ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

पहिलो चरणको खोप १४ माघदेखि र दोस्रो चरणको खोप २ फागुनदेखि सुरु गरिएको थियो ।पहिलो चरणमा १ हजार २ जना र दोस्रो चरणको हालसम्म ४ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको  श्रेष्ठले जानकारी दिनुभयो ।

दोस्रो चरणको खोप जनप्रतिनिधीहरु, कर्मचारी, यस अघि छुटेका स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेवीकाहरु, नेपाल प्रहरी, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु, पत्रकार तथा संचारकर्मीहरु लगाएतकालाई खोप लगाइदैँ छ ।  दोस्रो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम जिल्लामा फागुन ८ गतेसम्म चल्ने छ । खाेप कार्यक्रममा सहभागी भइ काेराेना संक्रमणबाट जाेगिन सम्बन्धि  सबैलाइ कार्यालयले अनुराेध गरेकाे छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७७, बुधबार २०:१७