सल्यानमा बालिका बलात्कार गर्ने बालकलाइ ८ वर्ष कैद सजाय

सल्यान ।

१४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोप लागेका शारदा नगरपालिका– १५ निवासी १६ वर्षीय बालकलाइ फागुन ९ गते १२ वर्षको कैदको फैसला भएको छ ।

जिल्ला अदालतका न्यायाधिष कुल प्रसाद पाण्डेको इजलाशले बालकलाइ अभियोग दावी पुगेको भन्दै १२ वर्ष कैदको फैसला गरेको अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।

तर आरोपित १८ वर्ष मुनिको नाबालक भएका कारण बालबालिका सम्बन्धी ऐन २०७५को दफा ३४ को उपदफा ४बमोजिम ४ वर्ष कैद छुट भइ ८ वर्षको कैद सजाय भएको जिल्ला न्यायाधिवक्ता भिमसेन काफ्लेले जानकारी दिनुभयो ।उहाँले बालबालिकाको हकमा दुइ तिहाइको सजाय कम भएका कारण ८ वर्ष कैद सजाय भएको बताउनुभयो ।

०७६ माघ १२ गते बालिकालाइ बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा ०७६ फागुन २० गते आरोपित विरुद्ध जाहेरी दर्ता गराएका थिए ।

आरोपितलाइ ०७६ फागुन २९ गते अदालतको आदेशले बाल सुधार गृह नेपालगन्ज पठाइएको थियाे ।

प्रकाशित मिति: १० फाल्गुन २०७७, सोमबार २०:१९