पानीको मुहान सुक्न थालेपछि सल्यानमा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निमार्ण

कभरखबर डेस्क सल्यान ।

पानीको मुहान सुक्न थालेपछि जिल्लामा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निमार्ण गर्न थालिएको छ । पर्यावरण तथा पोखरीको स्रोत संरक्षणका लागि रिचार्ज पोखरी निमार्ण कार्य शुरु भएको हो ।

विशेष गरेर वन्यजन्तुलाइ पानीको आपुर्ती गर्ने उद्देश्यले बनभित्र विभिन्न स्थानमा रिचार्ज पोखरीहरु निर्माण भइ रहेको डिभिजन बन कार्यालय सल्यानका प्रमुख रमेश कुमार गिरीले जानकारी दिनुभयाे।

ढडेलोको उच्च जोखिममा रहेको यस जिल्लामा रिचार्ज पोखरीको अत्यान्तै महत्व रहेको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे ‘ठाउँ ठाउँमा रिचार्ज पोखरी भए एकातिर पर्यावरणको संरक्षणमा मद्यत पुग्छ भने अर्को तिर डढेलोको उच्च जोखिम रहेको जिल्लामा डढेलो नियन्त्रणमा पनि उत्तिकै भूमिका खेल्छ ।’

‘सुख्खा याममा पानीको मुहान सुक्दै जान थालेपछि वन्यजन्तु,बोट विरुवा,किरा फट्याँग्रा सबैलाइ पानी नभइ हुँदैन यसर्थ पनि रिचार्ज पोखरीले वन्यजन्तु लगायत बोट विरुवालाइ सहयोग पुग्ने भयो’,उहाँले भन्नुभयाे ।

जिल्लाको बगाचौर नगरपालिकामा मात्रै विभिन्न स्थानमा २० वटा रिचार्ज पोखरी निमार्ण गरिएको बागचौर नगरपालिका –३ का वडा अध्यक्ष टिकाराम केसीले बताउनुभयाे । गत आर्थिक वर्षमा २० वटा र यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थप २० वटा पोखरी खन्ने कार्यक्रम रहेको उहाँले बताउनुभयाे ।

पानीका मुहान र पर्यावरण संरक्षणमा रिचार्ज पोखरी निकै प्रभावकारी देखिएको केसीको भनाइ छ ।उहाँले भन्नुभयाे‘विगतमा भएका पानीका मुहान र पोखरी सुक्दै गएकाले वनजंगलमा रिचार्ज पोखरी निमार्ण गरिएको हो ।’

पोखरी निमार्णबाट तल्लो भागमा रहेका पानीको मुहानको संरक्षणमा मद्यत पग्नुका साथै जंगली जनावरलाई पिउने पानीको आपूर्ति समेत भइरहेको स्थानीय चन्द्र प्रकाश शर्माले बताउनुभयाे । पोखरी निमार्णले पोखरी आसपासमा चिस्यान कायम भई बोटविरुवा हुर्कन मद्यत पुगी पर्यावरण संरक्षणमा सकारात्मक प्रभाव पारको उहाँको भनाई छ ।

उहाँले भन्नुभयाे ‘पोखरीमा जम्मा भएको पानीबाट सुख्सायाममा पोखरी आसपासमा वनजन्य खेती गरी सिचाई गर्न र जंगलमा आगलागि भइहाले आगो नियन्त्रण गर्न पनि यसले सहयोग पुग्ने आशा लिएका छौं ।’

रिचार्ज पोखरी प्रभावकारी बन्दै गएपछि जिल्लाका अन्य स्थानबाट पनि माग आउन थालेपछि आशा परियोजनाले पनि बनगाड नगरपालिका र बागचौर नगरपालिकामा रिचार्ज पोखरी निर्माण गरिदिने भएको छ ।
हामीले कतिपय स्थानमा काम शुरु पनि गरी सकेका छौं,आशा परियोजनाका जिल्ला कार्यक्रम संयोजक चुडामणी खतिवडाले भन्नुभयाे,अहिले १० वटा रिचार्ज पोखरी निर्माण गर्ने तयारीमा छौं।

  • 31
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close