
कभरखबर डेस्क ।
ग्रामिण विकास सञ्चार केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियो शारदा एफ.एम. ९९ थोप्लो २ मेगार्हजले आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा रेडियोले दिगो बिकासमा सामुदायिक रेडियोको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले रेडियोले ग्रामिण स्तरका समुदाय तथा आवाज विहिनहरुको आवाजलाई बाहिर ल्याउनमा महत्वपुर्ण भूमिका खेलेको बताएका छन् । समाजका पछाडी परेका समुदायको आवाजलाई बुलन्द गर्नको लागी रेडियोले न्यायको पक्षमा काम गरिरहेको बताएका छन ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्टले नागरिक र राज्य विचको पुलको रुपमा सामुदायिक रेडियोले भूमिका खेल्दै आएको बताउनुभयाे। रेडियोको सहज पहुँच समुदायमा भएकाले जीवन उपयोगी रुचिकर विषयमा उत्पादन र प्रशारणमा ध्यान दिनु पर्ने उहाँको भनाई छ । राज्यको पुर्नसंरचना संगै तिन तहका सरकार वने पनि आवश्यक समन्वय सहकार्य हुन नसकको र मिडियामैत्री हुन नसकेको विष्टको भनाई छ ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले स्थानीय स्तरमै सरकार आएपनि सञ्चार माध्यामको दिगो विकास र सवलीकरण गर्न नसकिएको बताउनुभयाे । सिमित श्रोत र साधनको विचमा जिल्लामा सञ्चालित रेडियोले खेलेको भूमिका प्रसंसा गर्न लायक रहेको उहाँको भनाई छ ।
सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशका अध्यक्ष रमेश गौतमले ग्रामिण क्षेत्रमा मात्र नभएर शहरमा पनि सामुदायिक रेडियोको महत्वपुर्ण भूमिका रहेको वताउनुभयाे। जिल्लाको विकासका लागि सरकार र अन्य निकाय संग सहकार्य गरेर सल्यानका सञ्चार माध्यमले काम गरिरहेकाले स्थानीय सरकारले सञ्चार माध्यको विकासमा साझेदारी गर्नु पर्ने उहाँकाे भनाइ थियाे ।
यस्तै जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धिरेन्द्र भण्डारीले रेडियोले दुरदराजका कुरालाई बाहिर ल्याउन सहयोग पु¥याएको बताए। सरकारले गरेका काम कारवाहीलाई मिडियाले बढि ध्यान दिनुपर्ने र समाजमा लुकेर रहेका विषयलाई उठान गर्नु पर्ने बताउनुभयाे ।
यसैबिच वार्षिककोत्सवको अवसरमा रेडियोमा कार्यरत उत्कृष्ट कर्मचारी, उत्कृष्ट समाचारदाता र पूर्व कर्मचारी पत्रकारहरुलाई सम्मान गरेको छ ।
प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार २१:४१