
इन्द्र बुढाथोकी, सल्यान ।
सल्यानको सल्लीबजारमा जडिबुटी बोकेका ट्रक नियन्त्रणमा लिएको छ । जाजरकोट बाट जडिबुटी वोकेर जाँदै गरेका ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका दुई ट्रक नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिनुभयाे ।
पासवेत, कालिकाठको दाना, वोजोको जरा, पदमचाल, टिमुर, तेजपता लगायतका बहुमुल्य जडिबुटी फेला परेको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएकाे छ । दुई ट्रक सहित ठेकेदार राम प्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएकाे छ।
पुर्जीमा एउटा परिणाम देखाएर अरु परिमाणका जडिबुटी रहेको आशंकामा ट्रक नियन्त्रणमा लिएको छ । पुन नापतौल र पुर्जीमा भएको जडिबुटी र नभएका जडिबुटीहरुको एकिन भैरहेको छ ।
ईलाका प्रहरी कार्यालय देवस्थलको सहयोगमा सव डिभिजन वन कार्यालय सल्लीबजारले उक्त कार्य गरिरहेको छ भने सोही विषयलाई लिए केही दिन अघि मात्रै ईलाका प्रहरी कार्यालय सरुवा भैई आउनु भएका ईलाका इन्चार्ज देउवहादुर चन्दलाई समेत अनुसन्धानका लागि जिल्ला तानिएको छ भने उहाँको ठाउमा कमल आचार्यलाई खटाइएको छ ।
मंगलबार राती देखि नियन्त्रणमा लिएका ट्रक आज मात्र तौल भैरहेका छन । इन्चार्ज चन्द आउन साथ माघ १९ गते राती ३५ बोरा मेघाश्री बरामद गरि राजस्व कार्यालय कोहलपुरमा बुझाएका थिए । फितलो चेकजाँचका कारण छलि गरेर सल्लीबजार नाकाबाट जडिबुटी, काठ र अन्य थुप्रै चिजहरु सधैं पैठारी हुने गरेको छ ।
प्रकाशित मिति: १३ फाल्गुन २०७७, बिहीबार २०:००