शहीदहरुको बलिदान बाट प्राप्त संविधानाइ रक्षा गर्न हामी संघर्षरत छौंः संघीय साँसद बस्नेत

कभरखबर डेस्क,सल्यान ।

नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले शहीदहरुको बलिदान र जनताको पसिनाबाट प्राप्त संविधानको सुरक्षाका निम्ती र यस्को कार्यान्वयनको निम्ती नेकपा दत्तचित्त भएर लागेको बताउनु भएको छ ।

सल्यानको बागचौरमा आयोजना भएको महान जनयुद्धको २६ औं वार्षिकोत्सब सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।उहाँले भन्नुभयो,हाम्रा आन्दोलन पुरा गर्न अझै संङर्ष गर्नु पर्छ केपी वली संग अहिलेको अवस्थामा सहमती हुन सक्दैन, अब पार्टी नयाँ ढंगबाट अगाडी बढी सकेको छ ।

कतिपय कार्यकर्ता समयमा सही निर्णय लिन नसक्दा बाटो बिराएको बताउँदै साँसद बस्नेतले भन्नुभयो,हामीलाई अभिभावक मान्ने कार्यकर्तालाइ पार्टीमा खुल्ला दिलले स्वागत गर्छाैं ।


नेकपा बागचौर नगर कमिटीकको आयोजनामा सम्पन्न कार्यक्रममा बागचौर नगरपालिको ४५ जना शहीद तथा वेपत्ता परिवाराइ सम्मान गरेको थियो ।
बागचौर नगर प्रमुख लोकमान बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा सल्यान प्रदेश क का इन्चार्ज कृति बहादुर पुन, प्रदेश सदस्य तथा बानपा इन्चार्ज टिकाराम वली दर्शन, त्रिवेणी गाउँपालिका इन्चार्ज टीका बुढाथोकी,महिला नेतृ सुम्निमा डिसी,जिल्ला कमिटी सदस्य रमेश गौतम गायतको मन्तव्य व्यक्त गर्नु भयो ।
जिल्ला कमिटी सदस्य तथा बागचौर नगर कमिटी संयोजक ज्ञानेश्व केसीले संचालन गरेको कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य तथा नगर उप प्रमुख कल्पना पुनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  • 33
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close