
कभरखबर डेस्क ।
सल्यान उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि दुई प्यानल विच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यतालिका बमोजिम बुधबार दुबै प्यानलले आआफ्नो उम्मेदवारी दर्ता गरेका छन । माधव प्रचन्ड नेतृत्वको नेकपाको समर्थनबाट राजेन्द्र थापाले अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दैछन । भने नेपाली कांग्रेस, केपि ओलि नेतृत्वको नेकपा र राप्रपाको संयुक्त समर्थनबाट कुमार बुढाथोकीले प्रतिस्पर्धा गर्दैछन ।
माधव प्रचन्ड नेतृत्वको नेकपाबाट वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भन्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, कोषाध्यक्षमा अशोक कुमार बोहोरा र सचिवमा बिकास डिसिले उम्मेदवारी दर्ता गरेका छन ।
यस्तै नेपाली कांग्रेस, केपि ओलि नेतृत्वको नेकपा र राप्रपाको संयुक्त प्यानलबाट प्यानलबाट वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भरत बस्नेत, उद्योग उपाध्यक्षमा प्रेम बहादुर पुन, महासचिवमा रुपक बुढा, कोषाध्यक्षमा सुरेन्द्र बुढा र सचिवमा सुरेश केसीले उम्मेदवारी पेश गरेका छन ।
यसको साथै तीन जना महिला सदस्य, एक जना दलित सदस्य, एक जना जनजाती सदस्य, एक जना अल्पसंख्यक सदस्य, सात जना खुल्ला सदस्य र एक जना वस्तुगत सदस्य पदका लागि पनि दुबै प्यानलले आआफ्नो उम्मेदवारहरु खडा गरेका छन ।
निर्वाचन कार्यतालिका अनुसार फाल्गुन २० गते उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहेको । यस्तै फाल्गुन २१ गते उम्मेदवारको नामावली उपर छानविन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा नमुना मत पत्र प्रकाशनको तालिका रहेको छ । यस्तै फाल्गुन २९ गते विहान ८ वजे देखी साँझ ४ वजे सम्म मतदानको समय रहेको छ ।
प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार १५:५९