
मिना बुढाथोकी,सल्यान .
सल्यानमा आगागीबाट ६ जनाको ज्यान गएको छ । तीन वर्षको अवधिमा ६ जनाको ज्यान गएको, करिब २६ लाख,२३ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्याय सल्यानको तथ्याँकमा उल्लेख छ । प्रहरीको तथ्याँकमा आर्थिक वर्ष ०७५÷०७६ देखी आर्थिक वर्ष ०७७÷०७८ हालसम्म आगागी संख्या ६१ रहेको छ ।
जसबाट २५ घर जेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए । यस्तो सो अवधिमा ४३ पशु चौपाय जेर नष्ट भएका छन् । आगलागीका हिसाबले उच्च जोखिममा रहेको यस जिल्लामा बनमा लागको डढेलो बाट बस्तीमा क्षति पुग्ने गरेको छ ।
मगलबार मात्रै छत्रेश्वरी गाउँपालिका –४ झिम्पे दुदिल्य बस्तीमा आगलागी दुइवटा खरको छाना र एउटा टिनको छाना भएको घर जलेर नस्ट भएका छन् ।सोमवार दिउँसो स्थानीय रैजेखोला चौखेढुंगा वनबाट सुरु भएको आगो मानव बस्तीमा पुग्दा स्थानीइ ददिराम खत्रीका दुइ घर र मोहलाल शर्मका एउटा घर जलेर नस्ट भएका हुन् । आगलागीबाट घरमा भएको अन्नपात, तत्ताकपडा लगाएतका सामान जलेर नस्ट भएका छन् ।
त्यस्तै वनबाटै फैलिएको आगलागीबाट स्थानीय ज्ञान बहादुर वलीका बाहिर बाँधेका दुइवटा बाख्रा मरेका छन् । आगलागीले वन क्षेत्र सखाप समेत पारेको वडाध्यक्ष नेव बहादुर खड्काले जानकारी दिनुभयो ।दिउँसो ३ बजेबाट सुरु भएको आगलागी राती १० बजेसम्म सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयहरुले नियन्त्रणमा लिएपनि फेरी आज बिहानैबाट वनक्षेत्रमा आगलागी सुरु भएको थियो ।
डिभिजन बन कार्यालय जिल्लामा सहकार्य गर्दै नियन्त्रण र रोकथाममा अग्रसर
सल्लैसल्लाको वन भएको यस जिल्लामा आगागीका घटना बढी हुने भएकाले यस वर्ष आगलागी नियन्त्रण गर्न पुर्व तयारी थालेको डिभिजन बन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले जानकारी दिनुभयो ।गत वर्ष पानी परी रहेकाले आगलागीका घटना छिटफुट रुपमा भयो,उहाँले भन्नुभयो,दुइ वर्ष अघि आगलागीको उच्च जोखिममा सल्यान नेपालकै दोस्रो जिल्ला भयो,यस वर्ष पनि जोखिम बढ्ने आशँकाले हामी पुर्व तयारीमा जुटेका र्छौ ।
वन कार्यालय संग आबद्ध ६ सय सामुदायिक बन उपभोक्ता समुहका सदस्यहरुलाइ सचेतना मुलक अभिमुखिकरण गरी रहेको लगायतका सरोकारवालाहरुसंग बन नियन्त्रण सम्बन्धी छलफल गरी योजना तयार भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, बन रहे हाम्रो अस्तित्व रहन्छ भनेर स्थानीय उपभोक्ताहरुले महसुस गर्न जरुरी छ,जथाभावी आलगागी गर्ने क्रम रोकिनु पर्छ, जथाभावी आगलागी गर्नेलाइ दण्ड जरिवानाको समेत व्यवस्था भएको हुनाले सबै सचेत हुन जरुरी छ ।
खैराबाँगमा डढेलो नियन्त्रण अभिमुखिकरण तथा नमुना प्रदर्शनी
जिल्लाका अति जोखिम स्थानमा बन डढेलो नियन्त्रण अभिमुखिकरण तथा नमुना प्रदर्शनी कार्यक्रम गरिएको छ । खैराबाँग वन परिसरमा मंगलवार डढेलो नियन्त्रण प्रदर्शनी गरिएको हो । आशा परियोजना संगको सहकार्यमा सम्पन्न कार्यक्रममा जिल्लाका सुरक्षाकर्मी र स्थानीयको सहभागिता रहेको थियो ।
शारदा नगरपालिका –११ खैराबाँगमा सम्पन्न कार्यक्रममा जंगलमा आगलागी भइ हाले कसरी नियन्त्रण गर्ने र पशु चौपाय बचाउने बारे नमुना प्रदर्शनी गरिएको सबुज गण सिमखर्कका गणपति कर्णेल कन्चन बस्नेतले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय सल्यानले उपलब्ध गराएको सामाग्रीले आगलागी नियन्त्रण गर्न आवश्यक सामाग्रीहरु समेत आगलागी नियन्त्रणमा अग्रपन्गतिमा खटिने नेपाल प्रहरी,नेपाली सेना,शसस्त्र प्रहरीलाइ डिभिजन बन कार्यायले हस्तान्तरण गरेको छ ।
प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार १८:१८