
काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले यसपटक मल अभाव नहुने कुरामा ढुक्क रहेको बताउनुभएकाे छ ।
गत वर्ष जति मल वितरण भएको थियो त्यति मल चालु आर्थिक वर्षमा अहिलेसम्ममा गरिसकेको दावी गर्दै उहाँले हाल ३ लाख ६९ हजार मल स्टक रहेको उहाँले दावी गर्नुभयाे ।
१ लाख मेट्रिक टन मल वितरण भइसकेको बताउँदै मन्त्री अर्यालले २ लाख ७२ हजार मेट्रिक टन मल स्टकमारहेको र २ लाख ६९ हजार बाटोमा आइ रहेका र त्यो आउने निश्चित रहेको बताउनुभयाे ।
यसपाली पनि मलको अभाव हुन्छ कि भनि चिन्ता थियो तर आजसम्मको स्टक हेर्दा ढुक्क रहने अवस्था रहेको उनले दावी गरिन् । उहाँले अगामी वर्षदेखि रसायनिक मलको कारखाना खोल्ने प्रकृया शुरु हुने पनि दावी गर्नुभयाे ।
प्रकाशित मिति: २० फाल्गुन २०७७, बिहीबार ११:४१