Purushottam Giri

  • २० फाल्गुन २०७७, बिहीबार १३:५६

दुइ वर्षकाे अवधिमा सल्यानमा ४० जना विप्लब कार्यकर्ता पक्राउ,

मिना बुढाथाेकी ,सल्यान ।

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको दुई वर्षमा सल्यानमा ४० जना विप्लब कार्यकर्ताहरु पक्राउ परेका छन् ।

दुइ वर्षको अवधिमा सल्यानका विभिन्न स्थानबाट १ महिला र ३९ जना पुरुष गरि ४० जना विप्लब कार्यकर्ताहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पक्राउ परेका मध्य १ जना हाल हिरासतमा रहेको र अदालतमा पेश गर्ने अन्तिम तयारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अन्य भने कतिपयहरुको मुद्धा फैसा भइ सकेको र कतिपय धरौटीमा रिहा भइ सकेका छन् ।
विप्लव नेतृत्वको नेकपामाथि सरकारले २०७५ फागुन २८ गतेबाट प्रतिबन्ध लगाएको थियो।

हाल आएर भने विप्लव नेतृत्वमाथी लगाइएको प्रतिबन्ध फुकुवा भएको छ । बुधवार मात्रै सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको वार्तामा तीन बुँदे सहमति भएपछि प्रतिबन्ध हटाइएको हो ।

उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

प्रकाशित मिति: २० फाल्गुन २०७७, बिहीबार १३:५६