कभर खबर

  • २० फाल्गुन २०७७, बिहीबार २१:०९

उवामहासंघ सल्यानकाे प्रगतिशिल ब्यावसायिक प्यानल घरदैलो अभियानमा

कभरखबर डेस्क ।

आगामी फागुन २९ गते हुने उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा उम्मेदवारी दर्ता गरेको प्रगतिशिल ब्यावसायिक प्यानलले  शुक्रवार देखी घरदैलाे अभियान संचालन गर्ने भएकाे छ। सल्यानको श्रीनगरमा भएको छलफलले प्रगतिशिल ब्यवसायिक प्यानललाई विजयी वनाउनको लागी उम्मेदवार सहितको टोलीले शुक्रवार देखी मत माग्दै घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।

जिल्लाका दश वटै स्थानिय तहमा रहेका सम्पुर्ण वजारहरुमा पुगेर मतदाताहरु सँग मत माग्दै घरदैलो अभियान सञ्चालन गरिने नेकपा प्रचण्ड नेपाल पक्षको समर्थनमा प्रगतिशिल ब्यावसायिक प्यानलका अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार थापाले जानकारी दिनुभयो । उहाँले आफ्नो प्यानलको घोषणापत्र सहित सबै मतदाताहरु माझ पुगेर मत माग्ने र चुनावी प्रचारप्रसारलाई तिव्रता वनाउने निर्णय भएको जानकारी दिनुभयो ।

नेकपा प्रचण्ड नेपाल पक्षको समर्थन पाएको प्रगतिशिल ब्यावसायिक प्यानलका उम्मेदवारहरुलाई उद्योग बाणिज्य संघ सल्यानका निवर्तमान अध्यक्ष बिर बहादुर चलाउनेको साथ मिलेको छ । संघको नेतृत्व गरिसक्नुभएका चलाउनेले प्रगतिशिल ब्यावसायिक प्यानलका उम्मेदवारहरुलाई विजयी वनाउनको लागी चुनावी तयारी तथा प्रचारप्रसारमा होमिनुभएको छ । संघको चुनाव प्रगतिशिल ब्यावसायिक प्यानलले जित्ने र अहिले सोही अनुसार चुनावी गतिविधिहरुलाई अगाडी बढाइएको चलाउनेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २० फाल्गुन २०७७, बिहीबार २१:०९