न्याय प्रणाली चुस्तदुरुस्त बनाउन सबैको भुमिका हुनुपर्छः मुख्य न्यायाधिश सुवेदी

मिना बुढाथाेकी ,सल्यान ।

उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश नहकुल सुवेदीले न्याय प्रणाली चुस्तदुरुस्त बनाउन सबैको भुमिका उत्तिकै महत्वपुर्ण हुने बताउनु भएको छ । अदालतले मुद्दा फैसला गरि हाल्छ भनेर हामी चुप लागेर बस्नु हुँदैन्,उहाँले भन्नुभयो,पीडितलाइ न्याय दिलाउन सबैले आ आफ्नो ठाउँबाट भुमिका खेल्नु पर्ने हुन्छ ।


जिल्ला अदालत सल्यान परिसरमा हनुमान मन्दिर र मेलमिलाप प्रतिक्षालय उद्घाटन गर्न सल्यान पुग्नु भएका मुख्य न्यायाधिश सुवेदीले यस्तो बताउनु भएको हो ।

मन्दिर उद्घाटन पछि मन्तव्य व्यक्त गर्दै मुख्य न्यायाधीश सुवेदीले बजरङ्गबली हनुमान सत्य, न्याय, निष्ठा, शक्ति र भक्तीको प्रतीक भएकाले न्याय सम्पादन तथा मेलमिलाप गर्न प्रेरणा मिल्ने बताउनुभयो ।

औपचारिक न्याय प्रणालीमा प्रमाणका आधारमा फैसला गर्नु पर्ने भएकाले कही कतै केही कमजोरी हुन सक्ने भन्दै उहाँले यस्तो अवस्थामा, अनुसन्धान, अभियोजन र वकपत्रलाइ बलियो बनाउन समाको पनि उत्तिकै भुमिका हुने बताउनुभयो । उहाँले सरकारवादी र फौजदारी बाहेकका मुद्दा मेलमिलाप बाट प्रभावकारी ढगले समाधान गर्न सकिने बताउनुभयो ।

कार्यक्रम बोल्दै जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले यस वर्ष ४सय ७८ थान मुद्दा मध्ये जिल्ला अदालत सल्यानले हाल सम्म झण्डै एक सय थान मुद्दा मेलमिलाप बाट टुंगो लगाएको बताउनुभयो ।
कानुनी प्रक्रिया लामो हुने र मुद्दा मामिलामा धेरै समय र सम्पती खर्च हुने भएकाले सरकारवादी र फौजदारी बाहेक अन्य मुद्दामा मेलमिलाप गर्नुमा हित हुने भएकाले अहिले सल्यानमा पनि मेलमिलाप गर्ने चलन बढेको उहाँको भनाइ छ ।


धार्मिक,साँस्कृतिक र सामाजिक महत्व बोकेको नव निर्मित हनुमान स्तम्भको सम्बन्ध मेलमिलापमा संग पनि जोडिएको छ,उहाँले भन्नुभयो,भगवानको अगाडी छलफल गर्दा मानिस भगवानको अगाडी झुट बोल्न सक्दैन ।जिल्ला अदालतमा पहिले नै हनुमान ढोका रहेको तर द्वन्दको समयमा सर्वसाधारणको लागि बन्द गरिएकोले ओझेलमा परेकोले अहिले त्यस ऐतिहासिकता जोड्न पनि हनुमान मन्दिर स्थापना गरिएको उहाँले बताउनुभयो।


कार्यक्रमका विशिष्ट अतिथि शारदा नगर प्रमुख सुरेश अधिकारीले हिन्दु धर्मप्रति चौतर्फी आक्रमण भएकाले धर्मको जगेर्न गर्नुपर्ने बताउनु भयो । मान्छेहरूलाई धर्मकर्ममा अझै पनि आस्था र विस्वास भएकाले हनुमानको मन्दिर अगाडि बसेर मिलमिलाप गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

शारदा नगरपालिकाको आर्थिक सहयोग र सबुज गण सल्यानको प्राविधिक सहयोगमा मेलमिलाप प्रतिक्षालय र हनुमान मन्दिर निर्माण गरिएको हो । जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन अधिवक्ता थलराज भण्डारीले गर्नुभएको थियो भने अधिवक्ता सिपि वलीले स्वागत मन्तव्यले स्वागत गर्नु भएको थियो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला स्थित कार्यालय प्रमुखहरूको सहभागीता भएको थियो ।

  • 25
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close