कभर खबर

  • २४ फाल्गुन २०७७, सोमबार १४:५८

आज देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश १ का केही स्थानमा मेघगर्जनसहिहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ । विभागकी मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिनुभयाे ।उहाँका अनुसार मंङगलबारदेखि मौसम सफा हुनेछ । हाल देशका पश्चिमी पहाडी भू–भागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ ।

 

प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार १४:५८