कभर खबर

  • २४ फाल्गुन २०७७, सोमबार १५:०८

खातुनलाई सरकारकाे प्रशंसापत्र

काठमाडौं ।

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई नेपाल सरकारले प्रशंसापत्र प्रदान गरेको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उहाँलाई प्रशंसापत्र प्रदान गरेको हो।

खातुनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशंसापत्र प्रदान गर्नुभएकाे हाे।मुस्कानले एसिडपीडितका पक्षमा संघर्ष गरेको र समाज रुपान्तरणको अभियानमा लागेको भन्दै प्रशंसापत्र प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार १५:०८