
प्रचण्ड खत्री / रुकुम पश्चिम ।
रुकुम पश्चिमको बाफिकोट गाउपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका शाखाको आयोजनामा श्रमिक महिलालाई सम्मान गरिएको छ । १११ अन्तराष्ट्रिय महिला तथा नारि दिबसको अबसरमा १० महिला सम्मानित भएको महिला तथा बालबालिका शाखा प्रमुख पुष्पा बिकले जानकारि दिईन । १ देखि १० नम्बर सम्मका धेरै श्रमिक गर्ने महिला लाई सम्मान गरेको प्रमुख बिकले बताउनुभयाे ।
वडा नम्बर १ बाट भुईली मल्ल , वडा नम्बर २ बाट जय कुमारी कामि , वडा नम्बर ३ बाट क्यु कुमारी मल्ल { उपाध्य }, वडा नम्बर ४ बाट धनमाया नेपालि , वडा नम्बर ५ बाट गीता पुरी { घर्ति } , वडा नम्बर ६ बाट धनसरी दमाई , वडा नम्बर ७ बाट मनकला कामि , वडा नम्बर ८ बाट यमुना बाठा मगर , वडा नम्बर ९ बाट सबिता खत्री र वडा नम्बर १० बाट मणि खड्का सम्मानित भएको बताएको छ ।
उनीहरुलाई गाउपालिका अध्यक्ष धर्म बहादुर केसी , उपाध्यक्ष मनकला पुन र महिला तथा बालबालिका शाखा प्रमुख पुस्पा बिकले दोसल्ला , सम्मान पत्र र केहि नगतले सम्मान गरेको हुन । श्रमिक महिलालाई सम्मान गर्ने बाफिकोट गाउपालिका पहिलो मानिन्छ। अरु स्थानीय तहले यो कार्य गरेका छैनन । अब बाफिकोट गाउपालिकाकमा श्रमिक महिलाको संख्या बढ्ने बिस्वास लिएको छ । सम्मान पाएपछी श्रमिक महिलाले खुसियाली समेत मनाएका छन ।
प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलवार १३:१२