प्रगतिशिल व्यवसायिक प्यानल व्यवसायिहरुको घरदैलोमा [फाेटाे फीचर]

कभरखबर डेस्क ।

आगामी फागुन २९ गते हुने उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनको लागी उम्मेदवारी दर्ता गरेको प्रगतिशिल व्यवसायिक प्यानलले व्यवसायिहरुको घरदैलो अभियान संचालन गरिरहेको छ । गत फागुन २१ गते देखी जिल्लाका दश वटै स्थानिय तहमा रहेका सबै वजारका व्यवसायि मतदाताहरु कहाँ पुगेर मत माग्ने कार्य जारी रहेको छ ।


जसमा मतदाताहरु निकै उत्साहित भएको प्रगतिशिल व्यवसायिक प्यानलका प्रचारप्रसार समितीका संयोजक विर बहादुर चलाउनेले जानकारी दिनुभयो । उहाँले जिल्लाका प्रायः सवै उद्योगी व्यवसायिहरुको घरदैलोमा पुगेको र त्यस अवशरमा प्रगतिशिल प्यानललाई विजयी वनाउनको व्यवसायिहरु उत्साहित ढंगले लागेको जानकारी दिनुभयो ।


उद्योग बाणिज्य संघ सल्यानका निवर्तमान अध्यक्ष समेत रहनुभएको चलाउनेले राजेन्द्र कुमार थापाले नेतृत्व गरेको प्रगतिशिल व्यवसायिहरुको प्यानलले नै जित्ने बताउनुभएको छ । यसैविच प्रगतिशिल व्यवसायिहरको प्यानलले आज सल्यानको प्रमुख व्यापारीक केन्द्रमा मत माग्दै घरदैलो अभियान सञ्चालन गरेको छ । जसमा शंखमुल, लान्तिबजार, श्रीनगर, खलंगा, साहुटोल लगाएका क्षेत्रहरुमा घरदैलो अभियान सम्पन्न भएको छ ।

  • 31
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close