कभर खबर

  • २६ फाल्गुन २०७७, बुधबार २२:०५

शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा सल्यानका सरोरवाहरुको जोड

कभरखबर डेस्क

शिक्षा र स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । उनीहरुले शिक्षा र स्वास्थ्य क्षेत्र नागरिकको मौलिक अधिकार भित्र पर्ने भएकाले सर्वसुलभ र गुणस्तरीय हुनुपर्ने बताएका हुन् । यसका लागी आवश्यक पर्ने भौतिक पुर्वाधार सँगै सेवा प्रवाहमा पनि जोड दिनुपर्ने बताएका छन् ।
इन्सेक नेपाल सल्यानको आयोजनामा फागुन २६ गते सदरमुकाम खलंगामा आयोजित शिक्षा र स्वास्थ्य अधिकारका सवालमा सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिताहरुले गुणस्तरीयता कायम गर्दै सबै नागरिकको पहुँच बृद्धिको काम हुनुपर्ने बताएका हुन् ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर नगरले काम गरिरहेको बताउनु भयो । नगरभित्रको शिक्षामा गुणस्तरीयता कायम गर्न मेयरसँग बिद्यार्थी कार्यक्रम सञ्चालन भैरहेको उहाँको भनाई छ ।

आर्थिक अभावका कारण कुनैपनि बालबालिका पढाइ बाट वन्चित हुन नपर्ने बताउँदै उहाँले आर्थिक अवस्था कमजोर भएकी अप्सरा गन्धर्वलाइ कक्षा ११ मा भर्नाको निम्ती वर्षभरीको शुल्क नगरपालिकाको तर्फबाट उपलब्ध गराउने बताउनु भयो ।

कार्यक्रममा सहभागी भएकी शारदा नगरपालिका –२ निवासी गन्धर्वले आर्थिक अवस्था कमजोर भएका कारण प्लसटुमा कानुन विषय पढ्न चाहेको तर आर्थिक अवस्था कमजोर भएका कारण अध्ययन गर्न नसकेको जानकारी गराएपछि नगर प्रमुख अधिकारीले सबै खर्च नगरपालिकाले व्यहोर्ने बताउनु भयो । यस्तै आउदोँ बर्ष नगरले स्वास्थ्य क्षेत्रलाइ मध्यनजर गर्दै एम्वुलेन्स र शववाहन खरिद गर्ने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागी भैरहेका कामहरुको प्रसंशा गर्दै आगामी दिनहरुमा थप स्तरीय बनाउदैँ लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै सल्यान जिल्ला अस्पताल विकास समितीका अध्यक्ष सिपि वलीले पछिल्लो समयमा अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताउनुभयो । सेवामा सुधार आउनु तथा आवश्यक संरचना निर्माण र स्तरीय सेवा प्रवाह गरेकाले दैनिक ३ सयको हाराहारीमा बिरामीहरु उपचारको लागी आउने गरेको बताउनुभएको छ ।

उहाँले अस्पतालमा संरचना निर्माणसँगै सरसफाइका कार्यहरुलाई पनि थप प्रभावकारी ढंगले सञ्चालन गर्ने तयारी भैरहेको बताउनुभयो ।

सल्यान जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसीले आवश्यक जनशक्तिको अभावमा पनि सेवा प्रवाहमा कुनै कमी नगरेको बताउनु भयो ।


कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले नगरका सबै क्षेत्रमा नागरिकहरुलाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याएको बताउनुभयो । हालै मात्र नगरका दश वटा माद्यामिक बिद्यालयहरुमा स्कुल नर्स कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । यस्तै नगरमा बहुक्षेत्रिय पोषण योजना, पुर्ण खोप सुनिश्चित नगर लगाएका कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।


शारदा नगरपालिका शिक्षा शाखाका संगिता बुढाले शिक्षामा थप गुणस्तरीयता कायम गर्न एक बिद्यालय एक ल्याप्टपको कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । शिक्षा क्षेत्रको सर्वाङगिन विकासको लागी नगर शिक्षा निति समेत निर्माण गरिएको र बिद्यार्थी, अभिभावक र शिक्षकका विचमा त्रिपक्षिय सहकार्यका माध्यमबाट बिद्यालयहरु सञ्चालन भैरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बिबिध समस्याहरुका वारेमा चासो ब्यक्त गरेका थिए । इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २६ फाल्गुन २०७७, बुधबार २२:०५