कभर खबर

  • २६ फाल्गुन २०७७, बुधबार २२:५०

हार्ने संकेत देखेपछि पार्टिले हस्तक्षेप गर्नथाल्याे भन्छन् प्रगतिशिल व्यवसायी प्यानलका उम्मेद्वार

कभरखबर डेस्क ।

  उद्याेग बाणिज्य संघको निर्वाचनमाथि पार्टीकाे हस्तक्षेप भएकाे भन्दै प्रगतिशिल प्यानलका व्यवसाइहरुले आपत्ति जनाएका छन् ।                                                                         प्रगतिशिल व्यवसनयी प्यानल जितकाे नजिक पुगेकाे भन्दै हार्ने डरले   नेकपा एमालेले बिज्ञप्ती निकालेको भन्दै आपत्ति जनाएका छन् ।                                                                यो नितान्त रुपमा व्यवसायिहरुको निर्वाचन भएकाले राजनितिक हस्तक्षेप आफुलाइ स्वीकार्य नहुने र यस्ता गतिविधिले आफुहरुलाइ केही फरक नपर्ने व्यवसायीहरुकाे भनाई छ । अहिले व्यवसायीहरुकाे घरदैलाे अभियानमा रहेकाे यश प्यानलले अधिकांस व्यवसायि आफ्नै पक्षमा रहेकाले पार्टिले हस्तक्षेप गरेकाे आराेप लगाएका छन् ।

संघको निर्वाचनको लागी प्रगतिशिल व्यवसायि प्यानलबाट राजेन्द्र कुमार थापाको नेतृत्वमा उम्मेदवारी दर्ता भएर निर्वाचनमा प्यानल होमिएको छ । निर्वाचनको लागि मतदानको समय आउन ३ दिन बाँकी रहेको अवस्थामा नेकपा एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले आज एक बिज्ञप्ती जारी गर्दै व्यवसायिहरुको निर्वाचनमा हस्तक्षेप गर्नुभएको हो ।

यसैविच व्यवसायिहरुले उद्योग बाणिज्य संघको निर्वाचनमाथि हस्तक्षेप गर्दै नेकपा एमालेले बिज्ञप्ती निकालेको प्रति आपत्ति जनाएका छन् । यो नितान्त रुपमा व्यवसायिहरुको निर्वाचन भएकाले राजनितिक हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन् ।

हेर्नुहोस् जारी बिज्ञप्ती :

प्रकाशित मिति: २६ फाल्गुन २०७७, बुधबार २२:५०