सल्यानमा दिदीलाइ बलात्कार गरेको आरोपमा भाइ पक्राउ

सल्यान .
सल्यानमा आफ्नै दिदीलाइ बलात्कार गरेको आरोपमा १३ वर्षीय भाइलाइ प्रहरीले पक्राउ गरेको छ । गत साउन महिनामा घरमा दुइ दिदी बहिनी र भाइ एउटै कोठामा सुतेको अवस्थामा घटना भएको बुझिएको छ ।

घटना बारे कसैलाइ केही जानकारी नदिएकी किशोरीले हाल आएर गर्भवती भएको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो । हाल उनको ८ महिनाको गर्भ रहेको खुल्न आएको छ ।

घटना बाहिरिएपछि पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएका छन् । उनीहरूको चार भाइ बहिनी सहति ६ जना रहेको छ ।

जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण वलीले जानकारी दिनुभयो । हाल १६ वर्षीया ति किशोरी ८ महिनाको गर्भवती छन् ।

प्रहरीले बलात्कार आरोपित बालकलाइ २६ फागुनमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रहेको जनाएको छ । हामीले घटना बारे थप अनुसन्धान गरी रहेका र्छौ,जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले भन्नुभयो,अनुसन्धान पुरा भएपछि थप जानकारी दिने छौं ।

छोराछोरी हुर्के संगै उनिहरुलाइ यौन शिक्षाका बारेमा जानकारी दिने र छोराछोरीका हरेक गतिविधिहरुमाथि अभिभावकले ध्यान पुर्याउनु पर्ने यो घटनाले पाठ सिकाएको उहाँको भनाइ छ । यौनका बारेमा खुलेर कुरा गर्ने, बुआमाले छोराछोरीलाई उमेर अनुसार यस्तो विषयमा जानकारी दिने र गलत कामबाट जोगिन सल्लाह दिनुपर्ने उहाँले बताउनुभयो ।

  • 129
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close