
रमेशकुमार वली
सल्यान २९, फाल्गुन ।
सल्यान उद्योग बाणिज्य संघ सल्यानको मतदान सकिएको छ । शनिबार भएको मतदानमा ८६ प्रतिशत मत खसेको छ । कुल मतदाता २ हजार ३ सय ३८ जना रहेकोमा २ हजार ३ जनाले मतदान गरेका छन् ।
निर्वाचनमा ३ सय ३५ जना मतदाता भने अनुपस्थित रहेको प्रमुख निर्वाचन अधिकृत विर बहादुर सेजवालले जानकारी दिनुभयो । संघको चुनावमा राजेन्द्र कुमार थापाको नेतृत्वमा प्रगतिशिल व्यवसायिक प्यानल र कुमार बुढाथोकीको नेतृत्वमा संयुक्त व्यवसायिक प्यानल बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग बाणिज्य संघको २१ सदस्यीय कार्यसमितिका लागि दुवै प्यानलबाट ४२ जनाले उम्मेदवारी दिएका छन् ।
अवको केही बेरमा मतगणा शुरु गरिने र यसका लागि आवश्यक तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत सेजवालले जानकारी दिनुभयो । मतदान सकिएपछि केही प्राविधिक कुराहरु मिलाउनपर्ने भएकोले निर्वाचन प्रक्रिया केही बेरमा शुरु गरिने सेजवालले जानकारी दिनुभयो ।
संघका निवर्तमान अध्यक्ष विर वहादुर चलाउनेले पहिलो मत खसालेर शुरु भएको मतदानमा मतदाताहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको छ । मतदाताहरुले व्यवसायिहरुको हितमा काम गर्ने र व्यवसायिक क्षेत्रको विकास र बृद्धिको लागि पहल गर्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिएका छन् ।
निर्वाचनको लागी प्रचण्ड–नेपाल पक्षको समर्थनमा प्रगतिशिल व्यवसायिक प्यानलबाट अध्यक्षमा राजेन्द्र कुमार थापाले उम्मेदवारी दिनुभएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भण्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, सचिवमा बिकास डिसी र कोषाध्यक्षमा अशोक कुमार बोहोरा रहनुभएको छ ।
यस्तै तीन जना महिला सदस्यहरु छपी वली, हिरा चन्द, बिमला गिरी, दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा निरज सिंह, अल्पसंख्यक सदस्यमा मोहमद अक्तर राजा, खुल्ला सदस्यहरुमा रेशम बहादुर खड्का, सिता केसी, भुवन भट्ट, जयराम सिंह, पल्वीर नेपाली, हरी बहादुर दमाई, इश्वरी प्रसाद गौतम र बस्तुगत सदस्यमा राकेश जैसीले उम्मेदवारी दिनुभएको छ ।
यस्तै नेपाली काँग्रेस, केपि ओली पक्ष र राप्रपाको समर्थनमा संयुक्त व्यवसायिक प्यानलबाट कुमार बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भरत कुमार बस्नेत, उद्योग उपाध्यक्षमा प्रेम बहादुर पुन, महासचिवमा रुपक बुढा, सचिवमा सुरेश केसी र कोषाध्यक्षमा सुरेन्द्र बुढाले उम्मेदवारी दिनुभएको छ ।
यस्तै तीन जना महिला सदस्यहरु सरिता रावल गिरी, अमृता कुमारी बोहरा, लक्ष्मी सार्की, दलित सदस्यमा अर्जुन नेपाली, जनजाती सदस्यमा कमल घर्ती मगर, अल्पसंख्यक सदस्यमा जब्बार अली, खुल्ला सदस्यहरुमा निर्मल कुमार शर्मा, सोभाराम बस्नेत, भिम बहादुर वली, निम बहादुर रोका, जेत वहादुर खड्का, जय कृष्ण शर्मा, झक्कु प्रसाद रावत र बस्तुगत सदस्यमा मेघराज सुनारले उम्मेदवारी दिनुभएको छ ।
प्रकाशित मिति: २९ फाल्गुन २०७७, शनिबार १७:५६