कर्णालीका मुख्यमन्त्री शाहीलाइ दिएकाे समर्थन एमालेले फिर्ता लियाे

काठमाडौं- नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको एमालेको संसदीय दलको बैठकले माओवादीबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

बैठकले एमालेबाट सरकारमा सहभागी तीनै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय समेत गरेको छ । बैठकमा १९ जना सांसद मध्ये १० जना मात्र सहभागी थिए । अनुपस्थित ९ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । अनुपस्थित सांसदहरु माधव नेपाल पक्षका रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार १५:४४