
इन्द्र बुढाथोकी / सल्यान ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले बनगाड कुपिण्डे नगरपालिका पार्टी सम्वन्ध सुदृढिकरण तथा जनसम्वन्ध बिस्तार अभियान सञ्चाल गरेको छ ।
नगरपालिकाका १२ वटै वडामा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेको हो । अभियानमा पार्टीका तल्लो कमिटिसम्म पार्टी विभाजन, पार्टी विभाजनका कारण, पार्टीका सैदान्तिक, राजनीतिक र नीतिगत बिषयमा प्रशिक्षण प्रदान गरिने अध्यक्ष कृति बहादुर रानाले जानकारी दिनुभयाे । अभियान क्रममा पार्टी सदस्यहरुमा बैचारिक, संगठनात्मक एव भावनात्मक बिकास सुदृढ गर्ने, जनबर्गिय संगठन, मोर्चा निर्माण, पार्टीका बिभिन्न बिभागलाई पूर्णता दिइने उहाँको भनाई छ ।
कार्यक्रममा जनताका गुनासाहरु संकलन, बिकास र निर्माणका सम्भावना बारे छलफलका साथै पार्टी सदस्यता बितरण र जनवर्णिय संगठनहरु गठन सम्बन्धि छलफल भएको छ । नगर कमिटिले अहिले प्रत्येक वडा तथा टोलहरुमा जनता सङ्ग भेटघाट तथा गुनासा संकलन गर्ने काम गरिरहेको रानाको भनाई छ ।
कार्यक्रममा जिल्ला सदस्य तथा नगर अध्यक्ष किर्ती बहादुर राना, जिल्ला सदस्यहरु धन बहादुर पुन, दिपक यरि, दुर्गा बुढाथोकी लगाएतले आफ्ना धारण राखेका थिए । अदालतले नेकपा छुट्याए पछि वडा तथा टोलमा जनता सङ्ग भेटघाट गर्न नेकपा माओवादी केन्द्रका नेताहरु गाउगाउँमा गएका छन । हालसम्म नगरपालिकाको वडा न १, २, ३, ४, ६, ८, ९ र ११ अभियान सञ्चालन भइसकेको उनको भनाई छ । जनताको उल्लेखनीय सहभागी भएको समेत बताएको छ ।
प्रकाशित मिति: २७ चैत्र २०७७, शुक्रबार २०:५१