
इन्द्र बुढाथोकी/ सल्यान ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन बनगाड कुपिण्डे नगर सल्लीबजारमा भएको दोस्रो नगर परिषदबाट अध्यक्षमा गणेश बहादुर चन्द चयन हुनु भएको छ । जसको बरिस्ठ उपाध्यक्षमा कुल बहादुर खड्का, उपाध्यक्षमा मान कुमारी विक महिला उपाध्यक्ष चन्द्राकुमारी घर्ती सचीवमा नन्दलाल बुढा, अर्थ सचीव चन्द्रबहादुर महतरा र सह सचीवमा शेखर प्रसाद शर्मा सहित २१ जनाको शिक्षक संगठन नगर कमिटी गठन गरिएको छ । कार्यक्रममा बोल्ने अधिकास बक्ताहरुले शिक्षकहरु आफ्नो हकहित शिक्षक पेशामा कतिबध भएर लाग्न आग्रह गरेका छन ।
बनगाड कुपिण्डे नगरपालिका शिक्षा क्षेत्र तहसनहस भैरहेको बेला अखिलका शिक्षकहरुलाइ आफू लागेको शिक्षण सस्थामा राम्रो गुणस्तर शिक्षा दिन जोड दिनु भएको छ । शिक्षक भर्नामा आफ्नो पार्टी र आफ्नो मान्छेलाई नियुक्त गर्ने र चरम आर्थिक प्रलोभन पारेर शिक्षक नियुक्ति गर्ने गरेको बताउदै शिक्षाको पेशागतको नाम केही व्यक्तिहरूले शिक्षा क्षेत्रमा भ्रष्टाचार गरेको समेत बताएका छन ।
बनगाड कुपिण्डे नगरपालिका नीति विधि भन्दा आफ्ना आसेपासेलाइ जागीर खुवान तिर केन्द्रिय भएको र ४ वर्ष सम्म शिक्षा समिति नबनेको तर अहिले शिक्षा क्षेत्रमा भएको विकृतिलाइ लालमोहर लगाउन शिक्षा समिति बनेको तर आफ्ना नजिकका मान्छे विधि भन्दा बाहिरका मान्छे राखेको समेत आरोप लगाएका छन । शिक्षक भनेको मैनवत्ती जस्तै भएको समेत बताएका छन् । अहिलेको स्थानीय जनप्रतिनिधि शिक्षा क्षेत्रमा कुनै पनि काम गर्न नसकेको समेत बताएका छन ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला सचीव कर्ण बहादुर बुढाथोकी, एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश सचीब हर्क वली, जिल्ला सचीव हिरालाल नेपाली, गुमान सिंह बिष्ट, नोखराज बिएम, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य किर्ती बहादुर राना, धन ब पुन दुर्गा बुढाथोकी लगाएतले मन्तव्य राख्नु भएको थियोे । खिमलाल बिकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता गणेश बहादुर चन्दले गर्नु भएको कार्यक्रमको सन्चालन खुमप्रकाश बस्नेतले गर्नु भएको थियो भने
प्रकाशित मिति: ४ बैशाख २०७८, शनिबार १९:१७