शिवरात्रीअघि नै बागमती नुहाउन मिल्नेगरी सफा हुने !

शिवरात्रीअगाडि पशुपतिदेखि गुहेश्वरीसम्म बागमतीको पानी कम्तिमा नुहाउन मिल्ने हिसाबले सफा बनाइने भएको छ।

फागुन ९ गते पर्ने शिवरात्रीअघि नै गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्रबाट प्रशोधित पानी बागमतीमा बगाइने भएको काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियर किशोर पन्थीले बताए।

पन्थीका अनुसार प्रशोधन केन्द्र सञ्चालन भएसँगै दैनिक ३ करोड ४० लाख लिटरसम्म पानी प्रशोधन हुनेछ। केन्द्रको काम अहिलेसम्म ९८ प्रतिशत काम सकिएको छ। २ अर्ब ५५ करोड रूपैयाँ लागतमा बनिरहेको केन्द्र अबको डेढ महिनाभित्र पूर्ण सञ्चालनमा ल्याइनेछ।

प्रकाशित मिति: ९ पुष २०७६, बुधबार १५:४३