दिलमायाका स्थानिय सरकारमा चार वर्षः अवसर पाएमा महिला नेतृत्वले अव्वल काम गर्न सक्छ भन्ने गतिलो उदाहरण

मीना बुढाथोकी/सल्यान

दिलमाया बुढा ‘सिर्जना’ सल्यानको कुमाख गाउँपालिकाकी अध्यक्ष हुन । तत्कालीन नेकपा माओवादीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित दिलमाया कर्णाली प्रदेशकै एक्ली गाउँपालिका अध्यक्ष पनि हुन ।

उनले कर्णालीमै छुट्टै पहिचान बनाएकी छन । गाउँपालिका महासंघकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी सिर्जना हक्की, निडर र शालीन व्यक्तित्वका रूपमा स्थानीय सरकार, पार्टी र जनमानसमा परिचित छन । वितेका चार वर्षमा विवादरहित ढंगले स्थानिय सरकारको नेतृत्व गरिरहेकी दिलमायाले कुमाखवासिको साँच्चीकै दिल जितेकी छिन् ।

दिलमायाले यो सफलता प्राप्त गर्न विगतमा निकै संघर्ष गरिन । ८ मंसिर ०३५ मा पूर्वी रुकुमको चौरजहरी नगरपालिका १० मा काइली छोरीको रूपमा जन्मिएकी बुढाले सशस्त्र द्वन्द्वकै क्रममा श्रीमान् गुमाइन । ०५४ देखि माओवादी आन्दोलनमा लागेर भूमिगत भएकी दिलमायाको ०५५ मा सल्यानको काला गाउँमा विवाह भयो ।

भूमिगत राजनीतिकै क्रममा सहयात्री रहेका पतिलाई उनले ०५६ सालमा गुमाउनुप–यो । जीवनसाथी गुमाए पनि श्रीमानका सपना पूरा गर्न उनी जनयुद्धमा निरन्तर लागिन र अहिलेको स्थानमा आइपुगिन । ‘अवसर पाएपछि जोकोहीले पनि समाज र देशका लागि केही गर्न सक्छ,’ बुढाले भनिन ।

जनयुद्ध र अहिलेको समयको तुलना
दिलमायालाई हिजोको जनयुद्धको समय र आजको संघियतापद्धिको परिवेश निकै फरक लाग्छ । दिलमाया भन्छीन हिजो देशका लागी बलिदानी दिएका सहीदका सपना पुरा भए नभएको विषयमा इतिहासले बयान गरेपनि आफुहरु युद्ध लड्दा खेरी छुट्टै खालको पहिचान थियो, छुट्टै सेना थियो, छुट्टै मोर्चा थियो, छुट्टै खालको सरकार थियो, जनशत्ता थियो उतिबेला यो संसार भन्दा फरक संसार भएको अनुभति हुन्थ्यो ।

जनयुद्ध मार्फत जनवाद, समाजवाद साम्यवाद सम्म पुग्ने अठोटका साथ दिलमाया जस्ता धेरै युद्धमा होमिए । उतिवेला सवैलाई संसदिय व्यवस्था बाट देशको सामाजिक ,राजनितिक र आर्थिक अवस्था परिवर्तन हुँदैन र युद्धबाट मात्रै परिवर्तन ल्याउन सकिन्छ जस्तो लाग्थ्यो । तर अहिले समय बदलिएको छ । समय परिस्थितीले गर्दा संसदिय व्यवस्था बाट नै परिवर्तन ल्याउन सकिन्छ भनेर पार्टीले निर्देशन र ह्वीप जारी गरेपछि दिलमाया जस्ता सयौँ नेता कार्यकर्ता शान्ती प्रकृयामा आए ।

जनयुद्धको समयमा भोगेको धेरै कुराहरु अहिले पनि दिलमायाको मनमा छन् । बेनी मोर्चा र खारा मोर्चाको लडाइमा साथी गुमाएको स्मरण छ । दिलमाया भावुक हुदै भन्छिन् उतिबेला हामी अहिलेको यो अवस्थामा आउँछौं भनेर सोचेका थिएनौं, कुनै कल्पना थिएन । विशेष गरि आप्mनै आँखा अगाडी साथीहरु सहीद हुँदा अहिले पनि मन अमिलो हुन्छ ।

द्धन्द्धपिडितको अवस्था र स्थानिय सरकार
द्धन्द्धको क्रममा दिलमाया जस्ता धेरैले परिवारका सदस्य गुमाए । सहिद परिवारका सदस्यलाई देख्दा दिलमायालाई पनि गुमाएका आफ्ना परिवारका सदस्यको झझल्को आउँछ । दिलमाया भन्छीन् हामीले त्यस्ता बालबालिकालाइ केही राहत समेत उपलब्ध गराउने गरेका छौं । हिजोका कठिन परिस्थितीको सामना गर्दै आज जनयुद्धका घाइते, सहिदपरिवार र सहिद परिवारका सन्तानहरुलाइ हेर्दा जनयुद्धको झल्को आउने गर्छ उनले भनिन् । घरमा अलिकती आय आर्जन गर्ने मान्छे युद्धमा गएर शहीद भएपछि पिडित बनेका त्यस्ता परिवार जुन आर्थिक रुपमा माथी उठ्न सकेका छैनन् उनिहरुलाई सम्वोधन गरेर कार्यक्रम संचालन गरेको दिलमायाको अनुभव छ ।

जिवन नै बलिदान गरेका द्धन्द्धपिडितका परिवारहरुको पिडामा मलम पट्टी गर्न स्थानीय सरकार तथा प्रदेश सरकारले पनि केही राहतका कार्यक्रमहरु ल्याएको दिलमाया बताउछिन् । हाम्रो पालिकाले पनि सहिदको सम्मान स्वरुप सहिद पार्क, स्मारक र बलिदानीको प्रतिफल स्वरुप स्थानीय सरकार आएको छ भन्ने कुराको महसुस गराउन हामीले पनि प्रत्येक वर्ष शहीद र घाइते परिवारलाइ अभिनन्दन र सम्मान गर्ने काम गरिरहेका छौँ दिलमायाले भनिन् ।

आप्mनो नजिकको वस्तु गुमाउदा कति पिडा हुन्छ त्यो शब्दमा व्यक्त गर्न सकिदैन् । संकट परेको बेला,दुख परेको बेला, अप्mठेरो परिस्थितीमा चाहिने भनेको नजिकको आफन्त नै हो यो कुरा दिलमायालाई राम्रोसँग थाहा छ । द्धन्दको क्रममा गुमाएका श्रीमानलाई सम्झदै उनि भन्छीन अहिलेको यो व्यवस्था र अवस्था ल्याउने सन्दर्भमा शहीदहरुको ठुलो योगदान छ । लामो समय देखी एक्लै रहेकी छु उहाँको बलिदानी र योगदानलाइ स्मरण नगरेको समय कमै होला ।

नेतृत्वमा महिला, काम गरेर देखाउने अवसर
देशमा संघीयताको अभ्यास शुरु भएको पहिलो चोटी मै दिलमायालाई स्थानिय तहको जिम्मेवारी वहन गर्ने सौभाग्य मिल्यो । संघीयताको पहिलो अभ्यास गर्ने पहिलो जनप्रतिनिधि भएकाले शुरुमा सवैलाई जस्तै केही अन्यौलता दिलमायालाई पनि प¥यो । त्यसमा पनि समग्र कर्णालीमा एक्ली गाउँपालिका अध्यक्ष । तर महिला भएकै कारणले काममा बाधा परेको कुनैपनि तितो अनुभव दिलमायासँग छैन । महिलाहरु पनि सक्षम छन् अनि क्षमतावान छन् दिलमाया भन्छिन मात्रै अवसर र अधिकार पाए भने महिलाले पनि सबै काम गर्न सक्छन् ।

तर महिलाहरुले पनि ठोस परिस्थितीको ठोस विश्लेषण गर्नुपर्ने र त्यसलाइ कार्यान्यन गर्ने क्षमताको विकास महिलाहरुले पनि गर्नु पर्ने दिलमाया बताउछिन । हामी महिला भयौं भनेर महिला वादी सोच र महिलावादी चिन्तन भयो भने हामी कहिलै अगाडी बढ्न सक्दैनौ । उनि भन्छिन् । महिलाहरुले हामीले अवसर पाएपछि जुनसुकै काम पनि गर्न सक्छौं भन्ने हिम्मतका साथ अगाडी बढ्नु जरुरी छ ।

गाउँपालिकाको सरकार प्रमुख भएर नेतृत्व गरी रहँदा चार वर्षको अवधिमा विवाद रहित ढंगले काम गर्नुृ नै आफ्नो सफलताको पहिलो सुचक भएको दिलमाया बताउछिन । गाउँपालिकामा फरक राजनैतिक आस्था राख्ने वडाअध्यक्ष होस वा कार्यपालिका सदस्य महिला नेतृत्व भएको हुनाले काम गर्न समस्या भयो भनेर महसुस गरेको थाहा छैन् । उनि भन्छिन् बरु महिलाहरुले सबै कुरा मिलाएर लिन सक्दा रहेछन भनेर राम्रो सन्देश दिन सफल भएका छौं ।

समाजले हेर्ने दृष्टिकोणलाइ परिवर्तन गर्न नेतृत्वले पनि सक्षम नेतृत्व गर्नु पर्छ । कर्णाली प्रदेशमा आफ्नो कार्यकालमा निस्कलंकित जनप्रतिनिधि बन्ने दिलमायाको चाहना छ । महिला नेतृत्व भएको हुनाले शुसासन, भ्रष्टाचार न्युनिकरण, कार्यसम्पादन लगायत कुनैपनि कार्यमा निस्कलंकित भएर अगाडी बढेको कुमाख गाउँपालिका हो भनेर कर्णाली प्रदेशमा मैले पहिचान बनाउन सकेँ भने अन्य महिलालाइ पनि प्रेरणा मिल्ने छ, उनि भन्छिन् ।

हाम्रो क्षमतालाइ हामी आफैले प्रस्तुत गर्न सक्नुपर्छ उनि भन्छिन् कतिपय ठाउँमा महिलाहरुले अवसर पाएर राम्रो गर्न सकेनन भने अवसरहरु गुम्दै जान्छन् र महिलाहरुले केही गर्न सकेनन भन्ने आरोप पनि लाग्छ त्यसैले अवसरको सही सदुपयोग गरौं ।

जनयुद्धका सपना र स्थानिय सरकारका योजना
मान्छे सधै आशावादी हुनुपर्छ । भोलीको दिनको योजना र प्लान गर्नु पर्छ । हिजो जनयुद्धमा हुँदा दिलमायाका पनि धेरै सपनाहरु थिए । ति कति पुरा भए भएनन् समिक्षाको पाटो होला ।तर दिलमायालाई त्यो वेलाका धेरै सपनाहरुलाई अहिले स्थानिय सरकारको कार्यक्षेत्र र बजेटले भ्याए सम्म सम्वोधन गर्ने प्रयत्न गरेको महसुस भएको छ । मैलैपनि निर्वाचनमा जाँदाखेरी घोषणपत्र तयार पारेकी थिए उनि भन्छिन् त्यसमध्येका सबै काम लगभग सम्पन्न भएका छन् । शिक्षा, स्वास्थ्य, कृषि आदिमा उत्कृष्ट काम भएका छन् । नेपालमै पहिलोपटक पशुपालनलाई प्रोत्साहन गर्न भैसिलाई सुत्केरी भत्ता दिने निति बनायौँ उनले थपिन मैले योजना बनाएका काम मध्ये किसानहरुलाइ पेन्सन पट्टाको व्यवस्था गर्न नसकेकोे कुराले अलिकती मन दुखेको छ । हुनत विकासले कहिले पनि पुर्णता पाउँदैन त्यसैले यो काम पनि सम्पन्न हुने छ भन्ने कुरामा म आशावादी छु ।

कर्मचारी र जनप्रतिनिधिको पुर्ण सहयोग भएमा वाँकी रहेको अवधिमा धेरै काम गरेर जाने दिलमायाको विश्वास छ । यो चार वर्षको अवधिमा दिलमायालाई गालि नगर्नेहरु नभएका होइनन् । नेतृत्व गर्ने ठाउँमा पुग्दा पनि धेरै अप्mठेरो अवस्था आउँछ । अनि ताली कम र गाली बढी पाइन्छ भन्ने कुरा उनलाई राम्रोसँग थाहा छ । त्यसतो अवस्थामा नेतृत्वले आलोचना सहन सक्नु पर्छ उनि भन्छिन् अहिले को समयमा सामाजिक संजालबाट नेताहरुलाइ गाली गर्ने र आलोचना गर्ने क्रम बढेको छ त्यसलाइ स्वीकार गर्दै राम्रो काम गरेर देखाउनु पर्छ । दिलमाया भन्छिन् जनताले आफुले भोट दिएर जिताएको नेतालाइ गाली नगरे कस्लाइ गर्ने ?

प्रकाशित मिति: ६ श्रावण २०७८, बुधबार १५:१७