सल्यानमा एमालेका १ सय ४२ जनप्रतिनिधि मध्ये ७६ जनाले गरे एकिकृत समाजवादीमा सनाखत (नामावली सहित)

सल्यानमा नेकपा एमालेका १ सय ४२ जनप्रतिनिधि मध्ये ७६ जनाले नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका छन् । सनाखतका लागी (नामावली सहित) २२ गते मंगलबार सम्मको समयसिमा तोकिएको थियो । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार सनाखत गर्नेमा १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष, १७ वडा अध्यक्ष र ५७ वडा सदस्य छन् ।

तर नेकपा एकिकृत समाजवादीले भने २ जना कायर्वाहक वडा अध्यक्ष सहित १९ वडा अध्यक्षले सनाखत गरेको बताएको छ । वागचाैर १ मा एमालेबाट निवार्चित वडा अध्यक्ष निलम्वनमा परेपछि तथा शिद्दकुमाख ४ मा काँग्रेसबाट निवार्चित वडा अध्यक्षले राजिनामा दिएपछि कार्यवाहक अध्यक्षको रूपमा काम गर्दै अाएका दुवैले एकिकृत समाजवादीमा सनाखत गरेको उक्त पार्टीले जनाएको छ ।

सल्यानमा ४ पालिका प्रमुख ३ उपप्रमुख २७ वडा अध्यक्ष र १ सय ८ सदस्यहरू गरी १ सय ४२ जनाले एमालेको तर्फबाट चुनाव जितेका थिए । एकिकृत समाजवादी रोजेका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरू तपशिल बमोजिम छन् ।

सल्यान
सल्यानमाएमालेका १४२ जनप्रतिनिधिमध्ये ७६ जनाले नेकपाएकिकृत समाजवादीमा सनाखत गरेको
जिल्लानिर्वाचनकार्यालय सल्यानद्धारा जानकारी

नेकपाएकिकृत समाजवादीमा सनाखत गरेका पालिका अध्यक्ष
१.चित्रबहादुर चलाउने शिद्धकुमाख गाउँपालिका
नेकपाएकिकृत समाजवादीमा सनाखत गरेका पालिका उपाध्यक्ष
१.तिला बुढा, कपुरकोट गाउँपालिका
नेकपाएमालेका सल्यानका २७ वडा अध्यक्षमध्ये नेकपाएकिकृत समाजवादीमा सनाखत गरेका सल्यानका१९वडा अध्यक्षहरु (२ कार्यवाहक सहित)
१. हरिलाल पुन कपुरकोट गाउँपालिका ४
२. डिल्ली बहादुर बोहरा त्रिवेणी गाउँपालिका ५
३. हेरम बहादुर बुढाथोकी, कपुरकोट गाउँपालिका ६
४ रविलालबस्नेत कालिमाटी गाउँपालिका १
५ चन्द्र बहादुर गाहा मगर कालिमाटी गाउँपालिका ५
६ शेर बहादुर रावत कुमाख गाउँपालिका २
७ राजबहादुर बुढाथोकी छत्रेश्वरी गाउँपालिका ३
८. लिलाधर घर्ति छत्रेश्वरी गाउँपालिका ५
९ शालिकराम बुढाथोकी शिद्धकुमाख गाउँपालिका ३
१०.विर बहादुर खड्का शिद्धकुमाख गाउँपालिका४ (कार्यवाहक अध्यक्ष) काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष शिक्षक भएर राजिनामा गरेपछि कार्यवाहकको जिम्मेवारी)
११. नन्दलालबोहरा शिद्धकुमाख गाउँपालिका ५
१२कविकुमार चन्द, दार्मा गाउँपालिका १
१३.शान्तकुमार यरी बनगाड कुपिण्डे नगरपालिका १
१४. मानसिंह पुरी बनगाड कुपिण्डे नगरपालिका १०
१५. गोविन्द डाँगी, बनगाड कुपिण्डे नगरपालिका १२
१६. टोप बहादुर डिसी वागचौर नगरपालिका १ (कार्यवाहक वडाअध्यक्ष) एमालेबाट निर्वाचित वडाअध्यक्ष निलम्वनमा परेपछि कार्यवाहकको जिम्मेवारी)
१७. नवराज बुढाथोकी, शारदा नगरपालिका १
१८. टोेप बहादुर थापा, शारदा नगरपालिका ३
१९. रामसिंह बुढाथोकी, शारदा नगरपालिका ११

प्रकाशित मिति: २२ भाद्र २०७८, मंगलवार २०:२३