राप्रपाको बनगाडमा विशेष भेला, पार्टी फुट्नु नै दुर्भाग्य पुर्व मन्त्री भण्डारी

इन्द्र बुढाथोकी,सल्यान ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बनगाड कुपिण्डे नगरपालिकाको विषेश भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री प्रेमबहादुर भण्डारीले आफू सल्यान माल्नेटाको सेजवाल टाकुरामा जन्म भएकोले सल्यानको माया लाग्ने समेत बताएका छन । २०४७ सालमा स्थापन भएको पार्टी निति बिधि बनाएर अगाडि बढेको बताउनुभएकाे छ ।

अहिलेका अन्य पार्टीहरुले देशको लागि आर्थिक नीति बनाउन नसक्ने भएकाले राप्रपा एउटा व्यग्गलै सिद्धान्त राखेको पार्टी स्थापना बताएउनुभयाे । प्रजातन्त्र एक दलिय तरिकाले देश चलाउने लागेकोमा देशमा एउटै पार्टी हुनु पर्छ भन्ने सोच भएको र नेपालमा पार्टीहरु टुठ फुट हुँदै कमजोर भएकाले त्यस समस्या बाट सबै पार्टी माथी उठनु पर्ने बताउनुभएकाे छ । व्यक्ति गत स्वार्थका कारण देशमा पार्टीहरु कमजोर भएको र नेताहरुको व्यक्तिगत स्वार्थको कारण प्रजातन्त्र पार्टी समस्यामा परेको समेत बतमउनुभयाे ।

सबैलाई एकता बद्ध मजबुद संगठित भएर जान र जनताको समस्या सामाधान गर्ने जनताको समस्यामा प्रत्यक्ष सहभागी जनाउने मात्र नेता हुने बताएका थिए । अबको चुनावमा राप्रपाले जसरी जित्नु पर्ने त्यसपछि मात्र देशमा भ्रष्टाचार रोक्किने समेत बताउनुभाे । अहिले सरकार सर्बोच्चको प्रमादेश सरकार भएको र ६० दिन पुग्दा समेत सरकारले पुर्णता नपाउनु लोकतन्त्र, गणतन्त्रको उपाबास भएको र २०७२ सालको सबिधानको समते रक्षा नभएको पुर्व मन्त्री भण्डारीले आरोप लगाउनुभएकाे छ । पुर्व राज्य मन्त्री कुन्ती शाहिले गौरव बोकेको पुर्व प्रधानमन्त्री स्वर्गीय मरिचमान श्रेष्ठको जिल्ला भएको र अब त्यस्तै गौरव इतिहास बोकेको नेता जन्मिनु पर्नेमा जोड दिनु भएको छ । स्वाभिमानी विकास प्रेमी पुर्व प्रधानमन्त्री जस्तो नेता पुन सल्यानमा जन्मिन पनि आग्रह गर्रनुभएकाे छ।

अहिले देशमा तीन तहको सरकार भ्रष्टाचार, छालकपट, ठेकेदारमा परिणत भएको समेत बताएकी छन । mcc पास गर्न नहुने र mcc पास गर्नु भन्दा एनसेलको ७२ अर्ब राजस्व उठानु समेत आग्रह गरेकी छन । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डाक्टर धवल शमशेर रानाले आफुले जनताको पक्षमा काम गरेको उपमहानगरपालिकालाई भ्रष्टाचारमा शुन्यमा ल्याएको समेत दावी गर्नु भएको छ । देशमा राप्रपाले जितेमा भ्रस्टाचार सधैका लागि अन्त्य हुने रानाले बताउनुभएकाे छ।अब आउने स्थानीय चुनावमा विकास प्रेमी तथा भ्रष्टाचार निर्मुल गर्ने राप्रपालाई नै जिताउनु पर्नेमा जोड दिएका छन । उक्त कार्यक्रममा विभिन्न पार्टी बाट ७५ जनाले राप्रपामा पार्टी प्रवेश गरेका छन ।

प्रकाशित मिति: ६ आश्विन २०७८, बुधबार १८:५७