कभर खबर

  • ८ आश्विन २०७८, शुक्रबार २२:२९

सल्यानको त्रिवेणी १ मा राष्ट्रिय युवा संघको कमिटी निर्माण

सल्यान, ८ असोज ।

सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको वडा कमिटी निर्माण भएको छ । शुक्रबार काभ्रामा सम्पन्न भेलाले दिपक खड्का संयोजक, याम बहादुर पुन सह संयोजक र दिपक खड्का सचिव रहेको ४७ सदस्यिय कमिटी गठन गरेको एमाले त्रिवेणिले जनाएको छ ।

एमाले त्रीवेणी १ का वडा अध्यक्ष रत्न रानाको अध्यक्षता तथा जिल्ला कमिटी सदस्य एवम त्रिवेणी गाउँपालिका इन्चार्ज बालकृष्ण महरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । भेलामा बोल्दै युवा संघका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला संयोजक रुपक बुढा, युवा संघका केन्द्रिय सदस्य द्रोण केसी, पार्टीका पालिका कमिटी सदस्य तथा त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष छविलाल खत्री, शालिकराम थापा, कृष्ण पुन लगाएतले बोल्दै नेकपा एमालेले नै देशलाई गति दिन सक्ने बताएका थिए । कार्यक्रमको सहजिकरण युवा संघ सल्यान ख का संयोजक डिल्ली खड्काले गरेका थिए ।

प्रकाशित मिति: ८ आश्विन २०७८, शुक्रबार २२:२९