कांग्रेस महाधिवेशन: शारदा नगरपालिकामा हमालको पुरै प्यानल विजयी

जिल्लाको पहिलो नगरपालिका शारदा नगरपालिकामा दीपक कुमार हमालको पुरै प्यानल विजयी भएको छ । १४ औँ महाधिवेशनबाट दीपक कुमार हमालको पुरै प्यानल विजयी भएको हो । उनले १ सय ४५ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी हिमेन्द्रबाबु सेजवालले ८८ मत प्राप्त गरेका छन् । 

उपसभापतिमा लोकबहादुर भण्डारीले १ सय २१ र अमिका बोहराले १ सय २८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अभिषेक हमालले ८६ र तेजराज थापाले ८५ मत प्राप्त गरेको शारदा नगरपालिकाका निर्वाचन अधिकृत तुफाम थापाले जानकारी दिए । 

यस्तै सचिवमा अनिल भण्डारी १ सय ३६, कुल बहादुर रावत १ सय ५५ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी यादव हमालले ६८ र उत्तम थापाले ६९ मत प्राप्त गरेका छन् । 

सहसचिवमा चेतना शाहले १ सय ५४, पूर्ण बहादुर खड्काले १ सय २४ मत ल्याई विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी भेद बहादुर गिरीले ७५ र कृष्ण बहादुर कंवरले ९० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 

प्रकाशित मिति: ९ आश्विन २०७८, शनिबार १९:२२