सल्यानका पालिकामा काँग्रेस अधिवेशन,देउवा र पाैडेलपक्ष बराबरी स्थानमा विजयी

नेपाली कांग्रेसको गाउँ , नगर अधिवेशनमा प्रधानमन्त्री शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेल प्यानलले सल्यानमा समान पाँच पाँच स्थानीय तहमा विजयी भएका छन् । 

शनिवार सम्पन्न अधिवेशनमा दस स्थानीय तह मध्ये दुई स्थानीय तहमा सर्व सहमति भएको थियो भने बाँकी आठमा स्थानीय तहमा चुनाव भएको थियो । सर्व सहमति भएको त्रिवेणी गाउँपालिकामा गङ्गाराम पुन देउवा प्यानलका हुन भने सिद्ध कुमाखमा सहमतिमा सभापति भएका वीर बहादुर बुढाथोकी पौडेल प्यानलका हुन । 

यस्तै चुनावबाट सम्पन्न मत परिणाम अनुसार देउवा प्यानलले बनगाड कुपिण्डे, बागचौर नगरपालिका, छत्रेश्वरी र कुमाख गाउँपालिकामा जीत हासिल गरेको छ भने पौडेल प्यानलले शारदा नगरपालिका, कपुरकोट, कालिमाटी र दार्मा गाउँपालिका विजयी भएका छन । 

जिल्लामा पुर्व शिक्षाराज्य मन्त्री राजेन्द्र बहादुर शाह पक्ष र पूर्वकेन्द्रिय सदस्य डिल्लीराज रेग्मी तथा पुर्वसभापति गणेश चन्द गरेर दुइ धार रहेका छन् । ती मध्ये शाह पक्षबाट पार्टीको जिल्ला सभापतिमा केशबहादुर बिष्ट र रेग्मी चन्द पक्षबाट धुर्वराज पुरीले उम्मेदवारी दिने जनाइएको छ ।

प्रकाशित मिति: १० आश्विन २०७८, आईतवार ११:२२