कभर खबर

  • १४ आश्विन २०७८, बिहीबार १६:२८

सल्यानमा नेकपा एसमा सनाखत गरेका दुई जनप्रतिनिधी एमालेमै फर्किए

सल्यान, १४ असोज ।

नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका सल्यानका दुई जना वडा सदस्यहरु नेकपा एमालेमै फर्किएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –१२ का वडा सदस्य जोत बहादु बुढा र जोखे कामीले भ्रममा पारी समाजवादीमा सनाखत गराएको भन्दै आफुँहरु एमालेमा रहेको विज्ञप्ती मार्फत जानकारी गराएका हुन । बीहिबार संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले विभिन्न भ्रममा पारी समाजवादीमा सनाखत गर्न लगाएको भएपनि आफुहरु एमालेमै भएको बताएका हुन् ।

नेकपा एमाले बनगाड कुपिण्डे नगर कमिटीले पनि उनीहरु एमालेमै फर्किएको जनाएको छ । नगर कमिटी अध्यक्ष गञ्जमान बुढा र सचिव विनायक केसीले विहिबार संयुक्त रुपमा विज्ञप्ती जारी गरी दुई वडा सदस्यहरु नेकपा एमालेमै पर्किएको जानकारी गराएका हुन् ।

प्रकाशित मिति: १४ आश्विन २०७८, बिहीबार १६:२८