सल्यान त्रिवेणीका वडामा यस्तो छ एमालेको नेतृत्व

त्रिवेणी गाउँपालिका सल्यानका ५ वडामा नेकपा एमालेको नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न वडास्तरको अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कमिटी निर्माण गरिएको एमाले त्रीवेणिका अध्यक्ष लोकेन्द्र खड्काले जनाए ।


एमाले त्रीवेणिको वडा नं १ मा राम बहादुर पुन अध्यक्ष, पूर्ण बहादुर वोहोरा उपाध्यक्ष, लाल बहादुर नेपाली सचिव तथा धनवीर राना र चन्द्रकली श्रीस उप सचिव रहेको वडा कमिटी निर्माण भएको एमालेले जनाएको छ ।


यस्तै वडा नं २ मा हस्त राम्जा अध्यक्ष, घनश्याम पुन उपाध्यक्ष, शिव वहादुर महतारा सचिव, जित बहादुर राम्पा र रुपा घर्ती उपसचिव रहेको कमिटी निर्माण भएको छ भने वडा नं ३ मा लोक बहादुर घर्ती अध्यक्ष, पर्शाराम वली उपाध्यक्ष, झक्कु पुन सचिव तथा कृष्णे केसी र लोक बहादुर बुढा उपसचिव रहेको वडा कमिटी निर्माण भएको युवा संघ क्षेत्रीय संयोजक डिल्ली खड्काले जनाए ।


वडा नं ४ मा लुलत विष्ट अध्यक्ष, डम्बर भण्डारी उपाध्यक्ष, सन्तोष घर्ती सचिव, धन बहादुर वस्नेत र बुद्धि घर्ती उपसचिव रहेको कमिटी तथा वडा नं ६ मा लुट बहादुर थापा अध्यक्ष, शेर बहादुर रावल उपाध्यक्ष, प्रदिप विक सचिव रहेको तथा उपसचिव पछी थप्ने गरी वडा कमिटी गठन भएको छ । बांकी रहेको वडा नं ५ मा पनि केही दिनमै अधिवेशन सम्पन्न गरिने अध्यक्ष खड्काले जनाए ।

प्रकाशित मिति: ७ कार्तिक २०७८, आईतवार ०७:४१