कभर खवर

  • १० कार्तिक २०७८, बुधबार ०८:४३

यी हुन् सल्यानमा एमाले हाँक्ने नौ स्थानीय तहका पदाधिकारी


सल्यान, १० कार्तिक ।


सल्यानका नौ वटै स्थानीय तहमा नेकपा एमालेले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । जिल्लाका दश स्थानीय तहहरुमध्ये नौ वटा स्थानीय तहमा मंगलबार सम्पन्न अधिवेशनबाट सर्वसहमत रुपमा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु चयन भएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले जनाए ।


जस अनुसार शारदा नगरपालिकामा मधुसूदन शर्मा अध्यक्ष, राम बहादुर भण्डारी उपाध्यक्ष, महेश देवकोटा सचिव तथा सुरेन्द्र बुढा र प्रलाद श्रेष्ठ उप– सचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले जनाए ।


यस्तै बागचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष , उपेन्द्र वलि उपाध्यक्ष, मोहन चन्द सचिव, भुपिन भण्डारी र शोभाराम भण्डारी उप– सचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको छ भने कपुरकोट गाउँपालिकामा द्रोण केसी अध्यक्ष, ललिता गिरी उपाध्यक्ष, रुपक बुढा सचिव तथा इश्वर बुढा र रुपलाल बुढाथोकी सहसचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको सेनले जनाए ।

कालिमाटी गाउँपालिकामा केशर बुढा अध्यक्ष, वीर ब वली उपाध्यक्ष,वेल ब चन्द सचिव, सुमित्रा राना र मिलन वलि उप– सचिव रहेको ७३ सदस्यीय कमिटी चयन भएको छ भने त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खडका अध्यक्ष, शोभाराम डांगी उपाध्यक्ष, धनराज तुफान सचिव तथा मंगल रेउले र कुन्ता योगी उप– सचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको छ ।


छत्रेश्वरि गाँउपालिकामा ज्ञान बहादुर खडका अध्यक्ष, डुम बहादुर केसी उपाध्यक्ष, देवराज घर्ती सचिव, बसन्त वलि उप– सचिव सहित ६७ सदस्यीय कमिटी र कुमाख गाउँपालिकामा भैरव शाह अध्यक्ष, पम्फा खत्री उपाध्यक्ष, तारा बहादुर योगी सचिव, तेजविर कामी र सुरेश चन्द उप– सचिव रहेको ७० सदस्यीय कमिटी निर्माण भएको एमालेले जनाएको छ ।


यसेगरी सिद्धकुमाख गाउँपालिकामा पुष्पा कुमारी बोहरा अध्यक्ष, गोविन्द रेउले उपाध्यक्ष, लिल बहादुर रोका सचिव तथा गिर्दल रावत र विरेन्द्र बोहरा उप–सचिव रहेको ६९ सदस्यीय कमिटी निर्माण भएको छ भने दार्मा गाउँपालिकामा बल बहादुर वलि अध्यक्ष, गणेश बुढाथोकी उपाध्यक्ष, दिपक रोका सचिव तथा भावना वलि र दिपक परियार उप– सचिव रहेको ६५ सदस्यीय कमिटी निर्माण भएको जनाइएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७८, बुधबार ०८:४३