कभर खबर

  • २४ कार्तिक २०७८, बुधबार १६:४९

नेकपा एमाले सल्यानको जिल्ला कमिटी बैठक विहिबार

नेकपा एमाले सल्यानले २५ गते विहिबार जिल्ला कमिटी बैठक बोलाएको छ । महाधिवेशन प्रतिनिधी छनौट लगाएतका विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक डाकिएको एमाले सल्यानले जनाएको छ ।

विहिबार विहान ११ बजे खलंगा स्थित पार्टी कार्यालयमा जिल्ला कमिटी बैठक बस्न लागेको एमाले सल्यानका उपसचिव दान बहादुर केसीले जानकारि दिए । उनका अनुसार बैठकमा प्रतिनिधी छनौट संगै संगठन विस्तार, परिचालन, पार्टी कमिटीको अवस्था लगाएतका विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति: २४ कार्तिक २०७८, बुधबार १६:४९