कभर खवर

  • २९ कार्तिक २०७८, सोमबार २१:२०

कपुरकोटको धनवाङमा एमालेको श्रद्धान्जलीसभा

सल्यान, २९ कार्तिक ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेले आफ्नो पार्टीका अग्रज स्वर्गीय टेक बहादुर बुढाको स्मृतिमा श्रद्धान्जलीसभा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार नेकपा एमाले वडा कमिटीले श्रद्धान्जलीसभा कार्यक्रम सम्पन्न गरेको हो । गते एमाले कपुरकोटका अग्रज कार्यकर्ता तथा पार्टिका संगठित सदस्य कृष्ण बहादुर बुढाको बुवा कपुरकोट ४ धनवाङ निवासी टेक बहादुरको गत कार्तिक २५ निधन भएको थियो ।

उनको शुद्ध शान्तिको अवसरमा आयोजित श्रद्धान्जलीसभा कार्यक्रममा एमाले कर्णाली प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी उपाध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले श्रमजीवी, मजदुर, किसानहरूको प्रतिनिधित्व गर्ने एकमात्र पार्टी एमाले भएको र शोसन, उत्पिडनबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा विचलित नभएर स्वर्गीय टेक बहादुर बुढा लागेको बताए ।

नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्तिको रुपमा रहेको एमालेले पार्टीका अग्रज कार्यकर्ता तथा एमाले कपुरकोटका अभिभावक गुमाउदा ठूलो क्षति व्यहोर्नुपरेको भन्दै दुःख ब्यक्त गरे । तर सन्तती र सच्चा एमालेका कार्यकर्ताले स्वर्गीय टेक बहादुर बुढाको सपनालाई पुरा गर्न लाग्नुपर्ने तथा जनताको जीविकासँग जोडिएका मुद्दाहरूमा र राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने दृढताको साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

वडा कमिटी अध्यक्ष मित्र कठायतको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ केन्द्रीय सदस्य, सल्यान जिल्ला संयोजक तथा पार्टीका कपुरकोट गाउँपालिका सचिव रुपक बुढा, कपुुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा लगाएतले मन्तव्य राख्दै स्वर्गीय टेक बहादुरको मृत आत्माको चिर शान्तिको कामना गर्दै उनले समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए । यस्तै स्वर्गीय बुढाका छोरा कृष्ण बहादुरले बुवाको कम्युनिष्ट पृष्टभुमिको जानकारि सहित धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन एमाले वडा कमिटी सचिव दिपक पुनले गरेका थिए ।

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार २१:२०