अखिल नेपाल महिला संघ (समाजवादी) सल्यानको अध्यक्षमा केसी

सल्यान ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) सल्यानको अध्यक्षमा बुद्धा केसी चयन हुनुभएको छ । मंगलवार जिल्लाको सदरमुकाम खलंगामा आयोजित प्रथम जिल्ला भेलाले केसीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा प्रेमा बस्नेत र सिता योगी, सचिवमा शान्ता नेपाली, उपसचिवमा तारा बुढा पुन र कुमारी केसी तथा कोषाध्यक्षमा योगमाया खड्का चयन हुनुभएको छ ।

प्रकाशित मिति: ८ मंसिर २०७८, बुधबार १२:५९