कम्युनिष्टको खोल ओडेर ओलीले गफ मात्रै लगाउछन्ः अध्यक्ष नेपाल


सल्यान ९, पुस ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपि ओलीले कम्युनिष्टको खोल ओडेर ओलीले गफ मात्रै लगाउने गरेको बताउनुभयाे। ‘ओलीले पार्टीमा मनपरी तन्त्र चलाए, यसले पार्टीलाई भलो गर्दैन्, दुइतिहाइ प्राप्त पार्टी अहिले सरकार बाहिर रहेको छ’ उनले भने ‘यसरी पार्टी चल्दैन भनेर नै हामीले बिद्रोह गरेका हौँ, यसको शुरुवात कर्णालीबाट भएको हो ।’ कम्युनिष्टको खोल ओडेर ओलीले यसरी गफ लगाउदैँमा कम्युनिष्ट हुनै नसक्ने उहाँको भनाई छ ।


पार्टीको सल्यान जिल्ला कमिटीले शुक्रबार खलंगामा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे। जनतालाई आश्वासन दिने तर जनभावना बिपरित काम गर्ने भएकाले ओली गफाडी समेत भएको बताउनुभयाे । ओलीकै अहमता र घमण्डका कारण पार्टीमा बेमेलको अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।


पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ओलीकै कारण एमाले पार्टीको भबिष्य अन्धकार बनेको र सुर्य चिन्हमा ग्रहण लागेको बताए । पार्टी र देशको बिकास, समृद्धि सँगै संविधान र लोकतन्त्रको रक्षाको लागि नेपालमा नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा उदाएको उहाँले बताउनुभयाे । ‘हाम्रो पार्टीले जितेमा देश र जनताको कल्याणहुने छ’ उहाँले भन्नुभयाे ‘पार्टी प्रति नागरिकको आकर्षण बढेको छ, पार्टी पुर्नगठन अभियान देशभर सञ्चालन भैरहेको छ ।’


नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम सत्य र न्यायको प्रतिक भएको बताउनुभयाे। ‘अब तपाईंले कलममा भोट हाल्नुपर्छ, कलम सत्य र न्यायको प्रतिकहो’ उहाँले भन्नुभयाे । आउँदो चुनावमा वामपन्थी र लोकतान्त्रिक शक्तिबिच गठबन्धन हुने बताउदैँ उहाँले दक्षिणपन्थी र राजतन्त्र पक्षधरसँग भने कुनै पनि हालतमा गठबन्धन बन्न नसक्ने ठोकुवा गर्नुभयाे ।


फरक प्रसंगमा उहाँले सल्यान जिल्ला थुप्रै सम्भावना बोकेको जिल्ला भएको बताउनुभयाे । जिल्लामा उत्पादनहुने कृषि तथा पशु र पर्यटनलाई अगाडि बढाउन सकियो भने आर्थिक रुपमा जिल्ला सक्षम हुने उहाँको दाबी रहेको छ । जिल्लाको बिकास र समृद्धिको लागि सहयोग गर्न आफु तयार रहेको उहाँले बताउनुभयाे ।


यस्तै पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले संविधान र लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन सबैमा आग्रह गरेका छन् । केही कार्यकर्ताहरु बिभिन्न भ्रम र आश्वासनको भर परेर एमालेमा रहेको भएपनि बिस्तारै उनीहरु पनि आफ्नो भबिष्य सुनिश्चितको लागि कलम चिन्हभित्र गोलबद्धहुने उहाँको भनाइ रहेको छ ।

कार्यक्रममा पार्टीका कर्णाली प्रदेश सहइन्चार्ज शेर बहादुर केसी, प्रदेश अध्यक्ष अम्मर बहादुर थापा, केन्द्रिय सदस्य धिरेन्द्र श्रेष्ठ, भद्रसिंह बुढा, शारदा परियार, लक्ष्मण केसी, मोहन गौतम लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर दुइ सय बढी नेताकार्यकर्ताहरुले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टीका जिल्ला अध्यक्ष उदय बोहराको अध्यक्षतामा भएको कार्यक्रममा उपसचिव भोला केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव रमेश गौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति: ९ पुष २०७८, शुक्रबार १८:४१