माओवादी केन्द्र बागचौरले ७ जनालाई कारवाही ग¥यो

सल्यान, १८ बैशाख ।

सल्यानमा नेकपा (माओवादी केन्द्र) बागचौर नगर कमिटीले पार्टीको निर्णय तथा विधान विपरीत गतिविधि गरेको भन्दै पार्टी भित्रका जिम्मेवार नेताहरुलाई कारवाही गरेको छ । पार्टीको नगरकमिटीमा विभिन्न जिम्मेवारी रहेर काम गर्दै आएका र हाल स्थानीय निर्वाचनमा पार्टीको निर्णय तथा विधान विपरीत गतिविधि गरेको भन्दै ७ जनालाई कारवाही गरिएको विज्ञप्ती मार्फत जनाइएको छ ।

६ नम्बर वडा कमिटी सचिव चन्द्र प्रकाश वली, नगर कमिटी सल्लाहकार शेर बहादुर वली सहित टेक बहादुर वली, चित्र बहादुर डाँगी क्षेत्री, कृष्ण कुमार खड्का, नेत्रलाल अधिकारी र रुपी कुमारी घर्ती लाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । आइतबार माओवादी केन्द्र बागचौर नगर अध्यक्ष शोभाराम भण्डारी र सचिव दिपक वलीले विज्ञप्ती जारी गर्दै पार्टीको निर्णय विपरीतका गतिविधी गरेकाले कारवाही गरिएको जनाएका हुन् ।

प्रकाशित मिति: १८ बैशाख २०७९, आईतवार १८:२१